बुधबार, २० अगस्ट २०२५

फोन–पेले ल्यायो नयाँ उपहार योजना  

News Image
• • •

‘फोन पे पेमेन्ट सर्विस लिमिटेड’ ले आफ्ना ग्राहकहरुलाई लक्ष्यित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एक लाख’ उपहार योजना सार्वजनिक गरेको छ।

देशभरिका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको फोन पेले जनाएको छ।

फोनपे नेटवर्कमा आवद्ध भइसकेका र आवद्ध हुन चाहने साना–ठूला सबै व्यवसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ।

यस योजनामा हरेक दिन क्यूआरमार्फत् भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन एक लाख रूपैयाँजित्न सक्नेछन्। यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ।

उक्त योजनामा सहभागी हुन फोनपे बिजनेसमा दर्ता भएको हुनुपर्ने छ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपेमार्फत् दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बरमार्फत् आफैँ रजिष्ट्रर हुन सकिन्छ। साथै, नजिकै रहेको बैंक, वित्तीय संस्था वा डिजिटल वालेट कम्पनीमार्फत् पनि ‘मर्चेन्ट’ बन्न सकिने छ।

यस योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन्। यो योजनाका विजेता ‘लक्की ड्र’ मार्फत् छनोट गरिने छ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन–पे विजिनेसको फेसबुक लाइभमार्फत्  गरिने छ। यो योजनामा फोनपेमार्फत् धेरैभन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।

बुधबार, श्रावण १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)