गण्डकीका मन्त्रीको सम्पति : मुख्यमन्त्री २५ लाख ऋणमा, शिक्षामन्त्रीसँग १ किलो १९ तोला सुन 

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पति विवरण बुझाएका छन्। मन्त्रिपरिषद् विस्तार भएको २ महिनापछि मन्त्रीहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक भएको मन्त्रीका सम्पति विवरण अनुसार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग एक किलो १९ तोला सुन रहेको छ। १५ लाख नगद, सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी मन्त्री श्रेष्ठ सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा मन्त्री श्रेष्ठको पक्की घर छ। स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा पनि उनको जग्गा छ।

यता मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भने २५ लाख रुपैयाँ ऋण छ। कृषि विकास बैंकबाट ०७६ मा उनले ऋण लिएका थिए। तलबबाट आएको ५ लाख एभरेष्ट बैंकमा बचत रहेको उनको सम्पति विवरणमा उल्लेख छ।

मुख्यमन्त्री पोखरेलसँग पाँच तोला सुन,  श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ। मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ।

कुल ११ मन्त्रीमध्ये युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण अझै बुझाएका छैनन्।

यस्तो छ मन्त्रीहरुको सम्पति विवरण 

प्रकाशित मिति: : 2021-08-25 12:18:00

प्रतिकृया दिनुहोस्