
बिएल संवाददाता
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ।
निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधबार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन। आयोगमा गत साता बुझाएको सुचीमा हस्ताक्षर गरेका नेताहरु मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन्।
नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन। सुरुको सुचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएका हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया