आइतबार, ०३ अगस्ट २०२५

महाकाली तुइन प्रकरणः जयसिंह धामी बेपत्ता घटनाबारे छानबिन समितिको सिफारिस कार्यान्वयन होला?

बिबिसी

बिबिसी

काठमाडौं
News Image
• • •

जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन कार्यान्वयनबारे "आफूहरू छलफलकै चरणमा रहेको" गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

समितिले "उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको" प्रतिवेदनमा उल्लेख गरेको मन्त्रालयले वक्तव्यमार्फत् जानकारी दिएको छ।

उक्त घटनाबारे "भारतसँग कुरा उठाउन नसकेको" भन्दै विपक्षी दलका नेतासहित कैयौँले सरकारमाथि प्रश्न उठाइरहेका बेला समितिले प्रतिवेदन बुझाएको हो।

मन्त्रालयको वक्तव्यपछि सत्ताधारी दलकै कतिपय नेताले समेत उक्त घटनालाई उद्धृत गर्दै 'पीडितले न्याय पाउने नदेखिएको' सामाजिक सञ्जालमा लेखेका छन्।

यद्यपि पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सत्ताधारी दलका नेताले सरकारले "प्रतिवेदनले औँल्याएका तथ्य/सत्यका आधारमा कूटनीतिक पहल गर्ने" बताएका छन्।

बुधबार, भाद्र १६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)