आइतबार, २७ जुलाई २०२५

दुई लाख घुससहित वडा सदस्य पक्राउ 

News Image
• • •

काठमाडौं महानगरपालिकाकाे वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग टंगमल टाेलीकाे 'स्ट्रिङ अप्रेसन'काे क्रममा कंलकी खशिबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जन नगद दुई लाख घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। वडा सदस्य महर्जनले सेवाग्राहीसँग मैतिदेवीकाे जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम माग गरेका थिए।

वडा सदस्य महर्जनमाथि थप अनुसन्धान भइरहेकाे बताइएकाे छ।  

सोमबार, भाद्र २१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)