शुक्रबार, ११ जुलाई २०२५

भीआईपीहरुकाे 'निद हराम' गर्ने यी किशाेरलाई कसले दिन्छ नम्बर ? मुख्य निशानामा नेता र कलाकार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-09-13 21:36:00
Breaknlinks
• • •

'युट्युब' भिडियो प्रसारण गर्ने साझा सेवा हो।

सन् २००५ फेब्रुअरीमा पेपलका पूर्वकर्मचारी चाड हर्ली, स्टिभ चेन र जावेद करिमले मिलेर स्थापना गरेका थिए, युट्युब। पछि सन् २००६ नोभेम्बरमा गुगलले १.६ अर्ब अमेरिकी डलरमा खरिद गरेर नयाँ स्वरुप दियो।

युट्युब अहिले गुगलको सहायक कम्पनीको रुपमा सञ्चालन भइरहेको छ। युट्युबमा संक्षिप्त भिडिओ, सांगीतिक भिडियोहरु, छोटा र दस्तावेज चलचित्र, टेलिभिजन कार्यक्रमका दृश्य, छोटो मौलिक दृश्य र शैक्षिक भिडिओहरु लगायत अन्य  सामग्रीहरु समावेश हुने गर्दछन्।

युट्युब चलाउन  प्रत्येक व्यक्तिले गुगलमा युट्युबको खाता खोल्नु पर्दछ। युट्युबमा धेरैजसो सामग्री व्यक्तिहरुले निर्माण गर्ने गर्दछन् भने बीबीसी, भिभो र सिबिएसजस्ता मिडियाका निगमले युट्युबमा साझेदारी गरेर युट्युबमार्फत सामग्रीहरु प्रस्ताव गर्ने गर्दछन्। युट्युबमा धेरै भिडियोहरु हेर्न शुल्क तिर्नुपर्दैन।

युट्युब अहिले सबैको साथी बनेको छ। प्रयोगकर्ता तथा दर्शकहरुले युट्युबमा धेरै सामग्रीहरूको आनन्द लिने गर्दछन्। युट्युबमा रहेका सामग्रीले कतिको त जीवन नै फेरबदल बनाइदिन्छन्।

हरेक समय र परिस्थितिमा युट्युबले साथ दिएको पाईन्छ। तर पछिल्लो समय पैसा कमाउने र भाइरल हुने नाममा विकृतिहरू बढिरहेका छन्। अहिले 'इन्टरनेटको जेनेरेशन' चलिरहदा सबै कुराहरु इन्टरनेटमा उपलब्ध हुन थालेका छन्। प्रत्येक सामग्रीहरु इन्टरनेटबाटै आदान-प्रदान हुने गरेका छन्।

राम्रा-नराम्रा पक्षहरु सबै इन्टरनेटमा उपलब्ध गराउने गरिन्छ। राम्रा कुराहरूको प्रभावले समाजमा राम्रै छाप बस्दछ तर नराम्रा पक्षले समाजमा विकृतिका मानसिकता फैलाउँदछन्। पैसा र भाईरल हुने नाममा कैयौं प्रयोगकर्ताहरुले सामाजिक मान-मर्यादालाई ध्यानमा नराखी इन्टरनेटमा विकृति फैलाउने खालका सामग्री हरु प्रस्तुत गर्ने क्रम बढिरहेको छ। जसले गर्दा वास्तविक सामग्रीहरुलाई ठूलो  असर पारिरहेका छन्।

इन्टरनेटमा हुने केही सामग्रीहरु अहिले पत्याउनै नसकिने गरी विकृतिका रुपमा प्रस्तुत हुने गरेका छन्। नेपालमा पनि पछिल्लो समय यस्ता घटना बढ्दो मात्रामा प्रस्तुत हुन थालेका छन्।

नेपालमा  युट्युबरको ज्यादती

युट्युब सबैको साझा इन्टरनेट संस्था हो। जहाँ सबै खालका सामग्रीहरु उपलब्ध हुने गर्दछन्।

अहिले इन्टरनेटबाटै कयौं कुराको अवस्था थाहा पाउन सकिन्छ। राम्रा पक्षका युट्युब च्च्यानल अहिले कमै मात्रामा चर्चामा छन्। युट्युब प्रयोगकर्ताले पोष्ट गर्ने सामग्रीहरु राम्रा पक्षका हुन् या नराम्रा पक्षका जान्न जरुरी छ।

युट्युबबाट पैसा कमाउने तथा भाइरल हुने नाममा नेपालमा युट्युबरको ज्यादती बढ्दै गईरहेकाे छ। समाजमा हुने गरेका घटनालाई नकारात्मक बनाउने, चर्चित व्यक्तित्वमाथि मनोरञ्जनको जालझेल गर्ने र वास्तविक घटनालाई स्वरुप फेरेर अर्कै बनाउनेजस्ता घटना नेपाली युट्युबरमा फस्टाउन थालेकाे छ।

नेपालमा कानून बने पनि कार्यान्वयन भने जता पनि फितलो हुने गर्दछ। आजको युग इन्टरनेटको युग भए पनि नेपालमा इन्टरनेटको युगको नाममा दुरुपयोग भएको पाइन्छ। यसले भविष्यमा हुने समाजको विकासलाई ठूलो प्रभाव पार्दछ।

मनोरञ्जन, ज्ञान र सुचना प्रवाहको नाम बेचेर सामाजिक तथा मानव विकासमा विकृतिको पाठ ब्युँताउदै छन्, युट्युबरहरू। केही दिनअघि चितवन, झापाजस्ता जिल्लामा प्रकाशित भएका समाचारमा युट्युबर पक्राउ परेको समाचार बाहिरिएको थियो। कानून फितलो हुँदा अन्य युट्युबरले कानूनको पाठ सिकेनन्।

सामाजिक सञ्जाल तथा इन्टरनेटमा पोष्ट हुने गरेका पछिल्ला गतिविधिले नेपालको भविष्यमाथि प्रश्न उठाउने गरेका छन्। यदि युट्युबरमाथि कानून फितलो बन्दै गएमा भविष्यमा नेपालीको मानसिकता समाजिक विकृति तिरै लम्कनेछ।

त्यसमध्येका एक किशाेर समिर भट्टराई

समिर भट्टराई पछिल्लो समयमा 'प्रयान्क कल' गरेर चर्चामा छन्।

त्यसाे त उनकाे उमेर सानै छ, किशाेरअवस्थामै। तर उनले विभिन्न सेलिब्रेटी तथा उच्च तहका व्यक्तिहरु(भिआइपी) लाई 'प्रयान्क कल' गर्दै आएका छन्। एक सातायता भने 'प्रयान्क कल'को नाममा चर्चित सेलिब्रेटी तथा उच्च व्यक्तित्वको मानमर्यादालाई ध्यानमा नराखेर भिडियोहरु युट्युबमा पोष्ट गर्ने गरेको भन्दै उनी विवादमा तानिएका छन्।

केही दिनअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत 'प्रयान्क कल'काे शिकार बनाए। त्यसभन्दा केही दिनअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओेलीसँग पनि 'प्रयान्क कल' गरे।

उच्च तहका नेताहरुसँग 'प्रयान्क कल' गर्दा उनीहरुकाे मान-मर्यादामा आँच आएकाे भन्दै उनले दर्शककाे नमिठाे गाली खाए। त्यसलगत्तै उनले आफ्नाे च्यानलबाट राष्ट्रपति भण्डारी र ओलीसँगकाे 'प्रयान्क कल' भिडियाे डिलिट गरिसकेका छन्।

किशाेरावस्थामै रहेका समिरले भण्डारी र ओेलीसँग मात्र हाेइन, नेपालका विभिन्न चर्चित कलाकारहरूलाई समेत आफ्नाे 'प्रयान्क कल'काे शिकार बनाइसकेका छन्।

पल शाह पनि मुर्गा

समिरले पछिल्लाे पुस्तामाझ लाेकप्रिय बनेका अभिनेता पल शाहलाई पनि 'प्रयान्क कल' गरेका छन्। उनले राखेकाे भिडियाेलाई आधार मान्ने हाे भने सुरुमा पल शाहले उनकाे फोन रिसिभ गर्दैनन्। तर कल गर्दा-गर्दा अन्ततः पलले फाेन उठाउँछन्।

समिरले फोनमा ब्यालेन्स राखेको भन्दै पैसा फिर्ता गर्न भन्छन्। त्यसपछि पल शाहले फोनमा ब्यालेन्स हेरेर पठाइदिन्छु भन्छन्। उनले पाँच सय राखेको र हजार पठाइदिनु भन्छन्। पल शाहले सुटिङमा छु भन्दै एकछिनमा पैसा राखिदिन्छु भन्छन्। साथै पल र आँचलको झगडाको विषय पनि उठाउँछन्। पल शाहले त्यस्तो केही होइन भन्छन्। उनले 'प्रयान्क कल' गरेकोभन्दा पल शाहले फाेन काटिदिन्छन्।

पुजा शर्मालाई पनि तनाब

समिरले नायिका पुजा शर्मालाई पनि 'प्रयान्क कल' गरे। समिरकाे फाेन पुजाले पहिलोपटक रिसिभ गर्छिन्। उनले सुरुमा ठूलो फ्यान भन्दै कल गर्छन्। उनले कल गर्दा पोखराबाट भेट्न आको भन्छन्। पुजाले फुर्सद छैन भन्छिन्। त्यसपछि उनले सुटिङ हेर्न पाउँछ कि नै भन्दै सोध्छन्। त्यसपछि पूजाले हेर्न पाउँछौ भन्छिन्। फोटोहरू खिच्न पाउँछ कि नै सोध्छन्। पुजाले टिकटक पनि बनाउन सक्ने भन्छिन्। एकछिन कुरा गर्दा दाइ, दिदि र आफू  रहेको बताउँछन्।

दाइको बिहे भाको छैन भन्छन्। दाईसंग जोड्न खोजेजस्तो गर्छन्। तर पुजाले भाई नै ठिक छ भन्छिन्। हामीले फिल्म खेल्न पाइन्छ कि पाइदैन भनेर सोध्छन्। त्यस्तै समिरले पुजालाई हजुर र आकाशको लभ परेको त होइन भनेर सोध्छन्। तिमीलाई जे लाग्छ, त्यही हो भनेर उत्तर दिन्छिन्। उनले 'प्रयान्क कल' भन्दा पूजाले कल काटिदिन्छिन्।

मिटिङमा बसेका अनमोल केसीलाई पनि

समिरले अनमोल केसीलाई पनि 'प्रयान्क कल' गर्न सफल भए। उनले अनमोललाई पहिलाे कल गर्छन्। पहिलोपटकमा कल उठ्दैन। दोस्रोपटकमा कल रिसिभ हुन्छ।  कल उठेपछि अनमोललाई सम्मान गर्दै पोखराबाट तपाइको बिग फ्यान समिर भट्टराई भन्छन्। उनले सानैदेखि फिल्मकाे हिरो बन्ने सपना रहेको बताउछन्।

समिरले तपाइको गर्ल फ्रेन्ड 'गुराँस नानी'को छिमेकी हो भन्छन्। तर अनमोलले चिन्दैन भन्छन्। अनमोलले सोध्छन्, काम के हो? उनले जवाफ दिँदै भन्छन्- तपाईंको बुढि गुराँस नानीसँग एउटा फिल्म खेलुम भन्छन्। फुर्सदमा हुनुहुन्छ कि नाइ भन्दै समिरले प्रश्न गर्छन्। अनमोलले पनि मिटिङमा छु भन्छन्।

डिस्ट्रब भयोभन्दा अनमोलले छैन भन्छन्। त्यसपछि समीरले फिल्ममा  गुराँस नानीलाई हिरोइन बनाउने, तपाईं र म हिरो बन्ने भन्छन्। अनमोलले गुराँस नानीलाई चिन्दिन भन्छन्।

समिरले गुराँस नानी मिडियातिर चलेको भन्दै अनमोललाई बताउँछन्। अनमोल रिसाउदै टाईम छैन भन्छन्। गुराँस नानी हाम्रो छिमेकी हो, यदि फिल्म नखेलेमा सुसाईट गर्दिन्छु भन्दै अनमोललाई भन्छन्। अनमोलले भर्खरै १७ वर्षको भनेको होइन भन्दै सम्झाउछन्। समिर जिद्दि गर्दै फिल्मको कहानी बताउछन्।

अनमोलले कहाँबाट नम्बर पाको भन्छन्। समिरले राम्रो जवाफ दिदैनन्। त्यसपछि फिल्मको डाईलग भन्न लगाउँछन्। अनमोलले अहिले मिटिङमा ब्यस्त छु भन्छन्।

समिरले एकछिनमा कल गर्छु भन्दै कल काट्छन्। एक घण्टापछि फेरि कल गरेको देखाउछन्। पहिलो पटकमा कल रिसिभ हुंदैन् र दोस्रो पटकमा कल रिसिभ हुन्छ। 'प्रयान्क कल' गरेको भन्दा अनमोल रिसाउदै मान्छे कुन अवस्थामा हुन्छ भन्दै जवाफ फर्काउँछन्। अन्त्यमा अनमोललाई डाइलग र आफ्नो युट्युबमा दर्शकको लागि केही कुरा भन्न लगाउछन्। अनमोलले राम्रै रेस्पोन्स दिन्छन्।

लकडाउन सकिएपछि भेटघाट गर्ने आँचल शर्माकाे आश्वासन

समिरले आँचल शर्मालाई पनि 'प्रयान्क कल' गरेका छन्। उनले सुरूमा तपाइको ठूलो फ्यान हुँ भन्दै शुरु गर्छन्। समिरले भेट्न घरमै आउने सोचेको थिए भन्छन्। आँचलले लकडाउनमा भेट्न मिल्दैन भन्छिन्। उनले पल साहको नम्बर आँचलसँग माग्छन्। आँचलले पलको नम्बर छैन भन्छिन्।

उनले पल र तपाईंको नयाँ फिल्म कहिले आउँछ भनेर सोध्छन्। त्यसपछि भेट्न नपाएपछि मर्छु भन्छन्। त्यसपछि आँचलले लकडाउनपछि भेट्न मिल्ने जवाफ दिन्छिन्। उनले एकपछि अर्को कुरा अघि बढाउदै आँचललाई कोरोना त लागेको छैन भन्छन्। आँचलले छैन भन्छिन्। समिरले आँचललाइ 'प्रयान्क कल' हो भनेपछि आँचल रिसाउदिनन् बरु सम्झाउछिन्।

यसरि नै उनले कयौं सेलिब्रेटी तथा उच्च तहका व्यक्तित्वलाई 'प्रयान्क कल' गरेका भिडियोहरु युट्युब च्यानल राख्दै आएका छन्।

अन्त्यमा हैरान हुने कुरा त के छ भने, 'प्रयान्क कल'काे लागि उनले फाेन नम्बर चाहीँ कसरी पाउँछन् ?

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?