बुधबार, ३० जुलाई २०२५

प्राकृतिक सम्पदाको प्रवद्र्धन गरी पर्यटक आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख अधिकारी

File photo
• • •

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले यस क्षेत्रमा रहेका प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताएका छन। 

मोरङको लेटाङ नगरपालिकामा अस्थिति राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आज अवलोकन गर्दै यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेशको पहिचानको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुका साथै यस्ता मौलिक क्षेत्रको उचित प्रचारप्रसारमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे। 

प्रदेश प्रमुख अधिकारीलाई यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक सम्पदाका सम्बन्धमा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई, उपप्रमुख कृष्णकुमारी पोखरेल, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले जानकारी गराएका थिए। 

आइतबार, भाद्र २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!