
बिएल संवाददाता
सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से सामान्य अंकले बढेको हो। आज कारोबार रकम पनि बढ्न सकेको छैन।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ।
सोमबार कुल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको कारोबार भएको छ। आइतबार ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँको कारोबार भएको थियो।
कुल १३ उपसमूहमा ७ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ६ समूहको सेयरमूल्य घटेको छ। आज हाइड्रोपावर समूहको सेयरमूल्य सर्वाधिक घटेको छ। यो समूहको सेयरमूल्य २.५४ प्रतिशतले घटेको हो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया