
बिएल संवाददाता
शरद शर्मा
राष्ट्रिय युवा परिषद्ले युवालाई उद्यमशील बनाउने भएको छ।
स्थानीय तहमा नै रोजगारका सम्भावना रहेकाले परिषद्ले युवा उद्यम प्रवद्र्धन कार्यक्रममार्फत युवालाई उद्यमशीलतर्फ डोर्याउन स्थानीय तह र बैंकबीच सहमति गर्न थालेको हो।
चालु आर्थिक वर्षदेखि परिषद्, स्थानीय तह र बैंकबीच त्रिपक्षीय सहमति गरी स्थानीय युवालाई उद्यमशील बनाउन युवा उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए।
कार्यक्रमअन्तर्गत परिषद्ले स्थानीय तह र बैंकबीच स्थानीय युवाको क्षमताअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सहजीकरण गर्नेछ।
उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गरी बाध्यताबस हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
परिषद्ले स्थानीय तहले छनोट गरेका युवालाई उद्यमशीलतासम्बन्धी तालिम दिने छन्। तालिम दिनका लागि परिषद्सँग अहिले ७० जना प्रशिक्षक र मनोचिकित्सकको टोली रहेको छ।
छनोटमा पहिले ती युवाको उद्यमशीलता र क्षमताबारे बुझ्नका मनोचिकित्सकबाट मनोवैज्ञानिकले परीक्षा लिनेछन्। त्यसपछि मात्रा ती युवालाई उद्यमशीलताको तालिम दिइन्छ।
अहिले परिषद्ले युवा उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउनका लागि तीन स्थानीय तह र बैंकबीच सहमति गरिसकेको छ।
सङ्खुवासभाको चैनपुर नगरपालिका युवालाई स्वरोजगारसँग जोड्नका सहुलियपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा आजै नै परिषद्, चैनपुर नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच त्रिपक्षीय सहमति भएको छ।
यहाँ आयोजित कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेल, नगरपालिकाका प्रमुख भरतकुमार खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणबहादुर श्रेष्ठबीच त्यस क्षेत्रका युवालाई सहुलियपूर्ण कर्जा उपलब्ध गराई उद्यमशील बनाउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार पहिलो पक्ष परिषद्ले उक्त नगरपालिकाका युवालाई उद्यमशीलता विकास तथा वित्तीय साक्षरता र मनोवैज्ञानिक परीक्षण गर्नेछ।
नगरपालिकाले छनोट गरिएका युवालाई उद्यमशीलतर्फ आकर्षण गराउन परामर्श विज्ञ तथा तालिम सञ्चालनका लागि आवश्यक पर्ने प्रशिक्षकको तयारी तथा परिचालनमा संयोजन परिषद्ले गर्नेछ।
परिषद्ले दिने यस्ता तालिममा युवाले उद्यमशीलता सम्बन्धी परियोजना लेख्न पनि सिकाउने छ । सोही परियोजनाका आधारमा युवाले बैंकबाट सहुलियत दरमा कर्जा पाउने छन्।
परिषद्ले तालिम दिएका युवालाई उद्यमशील गर्न सक्षम भएपछि मात्र बैंकले ती युवाको क्षमताअनुसार रु पाँच लाखदेखि पाँच करोडसम्म कर्जा प्रवाह गर्नेछ।
नगरपालिकाले उद्यमशील गर्ने इच्छा भएका युवाको विवरण परिषद्लाई उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ। उपलब्ध भएको ती विवरणअनुसार एक दिनको परामर्श र एक हप्ताको तालिम युवालाई परिषद्ले सञ्चालन गर्नेछ।
तालिम प्राप्त त्यस्ता युवालाई उच्च प्राथिमकतामा राखी परियोजना प्रस्तावका आधारमा बैंकले रु १५ लाख रुपैयाँसम्म विनाधितो र सोभन्दा माथिको ऋण प्रवाह गर्नुपरेमा उद्यमी र बैंकको समझदारीमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ।
परिषद्का उपाध्यक्ष ढुङ्गेलले स्थानीय सरकारसँग मिलेर युवा स्वरोजगार गराउनसके युवा बेरोजगार भएर बस्न नपर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई गाउँमा स्वरोजगार दिनका लागि स्थानीय तहसँग समन्वय गरिएको बताए।
'युवाको क्षमताअनुसार उद्यमशील बनाउनका लागि हामीले तालिम दिन्छौँ' उनले भने, 'तालिमबाट युवाले के गर्ने, कसरी गर्ने, कुन व्यवसायबाट फाइदा हुन्छ भन्नेमा आत्मविश्वास हुन्छ। अनि आफैँ परियोजना बनाएर बैंकबाट कर्जा लिन्छन्।'
उनले स्थानीय तहले पनि बैंकलाई पैसा डुब्दैन भनेर सुनिश्चिता गराउनुपर्ने बताए। नगरपालिकाका प्रमुख खत्रीले सहमतिअनुसार नगरपालिकाभित्रका ११० युवालाई उद्यमशीलता बनाउने बताए।
उनले आफूले १० वर्षभित्रमा अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत युवालाई स्वरोजगारमुखी बनाइने बताए। उनले सहमतिअनुसार नगरका युवालाई माछा, बाख्रा, कृषि उत्पादनजस्ता कार्यमा लगाउनेसमेत जानकारी दिए।
उनका अनुसार नगरपालिकाले अहिले पनि ५० लाखको गाई वितरण गरिसकेको र यसै आर्थिक वर्षमा ५० लाख बराबरको भैँसी वितरण गर्ने योजना रहेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफूहरुले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिए। 'बैंकको पैसा उत्पादनमुखी काममा लगानी गर्दछौँ' उनले भने, 'कृषिमा लगानी बढे उत्पादन बढ्छ। उत्पादन बढे खपत र बाहिरबाट खाद्यान्न आउँदैन।'
उनका अनुसार बैंकले अहिलेसम्म दुई हजार ८०० जनालाई सहुलियपूर्ण कर्जा प्रवाह गरिसकेको छ। बैंकले यस आर्थिक वर्ष सुरुयता १७० जनालाई कर्जा प्रवाह गरिसकेको छ। अहिलेसम्म बैंकले सहुलियतपूर्ण कर्जा रु दुई अर्ब २४ करोड लगानी गरिसकेको छ।
सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि विनाधितो रु पाँच लाखदेखि पाँच करोडसम्म बैंकले विभिन्न नौ प्रकारका व्यवसायमा सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन्।
बैंकको आधार दरमा २ प्रतिशत व्याज (ब्याज अनुदान ५ प्रतिशत पुरुष र महिलालाई छ प्रतिशत) मा पाँच वर्षसम्म सहुलियत दरमा कर्जा पाउनेछन्। एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने हुन्छ।
परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार अहिलेसम्म तीन वटा नगरपालिका र बैंकबीच सहुलियतदरमा कर्जा प्रवाह गरी युवालाई उद्यमशील बनाउनका लागि सहमति गरिएको जानकारी दिए।
यसअघि भक्तपुरका चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेड, पञ्चेश्वर गाउँपालिका बैतडी र नवील बैंकबीच सहमति भइसकेको छ।
चाँगुनारायण नगरपालिकामा ३०० युवालाई तालिम दिएर कर्जा प्रवाहसमेत भइसकेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा २०० युवा छनोट गरेर तालिम सञ्चालनको तयारीमा परिषद् रहेको छ। परिषद्का सदस्य गोविन्द गिरीले सबै स्थानीय तहमा कार्यक्रम लागू गरेर युवालाई स्वरोजगार बनाइने बताए। रासस
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया