बिएल संवाददाता
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गत शुक्रबारदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
आलोकनगरस्थित तीनकुने पुल दक्षिणमा रहेको तीन तले घरमा पार्टी अध्यक्ष नेपालले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधर, विरोध खतिवडालगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए।
त्यही भीडमा प्रेमबहादुर आले पनि झुलुक्क देखा परे, जो चिन्तित मुद्रामा देखिन्थे। अरु मानिसहरु कोही फोटोशेसनमा व्यस्त थिए भने कोही आफ्नै गफमा। तर नेता आले भने उदास अनुहार बनाएर वरपर गरिरहेका थिए। उनलाई देख्दा यस्तो लाग्थ्यो कि उनी कुनै गम्भीर चिन्तामा छन्।
उनी घरी दायाँ हेर्थे त घरी बायाँ। घरी मोबाइल चलाएजस्तो गर्थे त घरी फोन गर्थे। उनको हाउभाउलाई हेर्दा उनको अनुहार नै चिन्तित देखिन्थ्यो।
उनीसँग विभिन्न कार्यकर्ताहरुले सेल्फी पनि लिए, तर त्यतिबेला पनि उनको अनुहार खुल्न सकेन।
उद्घाटन सकिएसँगै पनि उनी सबैभन्दा पहिले कार्यक्रमस्थलबाट निस्किए। त्यतिन्जेलसम्म उनको 'स्याड मूड'लाई अन्य नेता र सुभेच्छुकहरुले पनि नियालिरहेका थिए।


‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया