शुक्रबार, ०१ अगस्ट २०२५

विमानस्थलका नाममा खेलाँची– बजेटको व्यवस्था र काम हुने यकिन नभइ स्थानीयको जग्गा रोक्का

लोकान्तर

लोकान्तर

उत्तम पोखरेल
News Image
• • •

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै ३ वटै तहका सरकारबीच सम्झौता भएको १ वर्ष बितिसक्दा समेत निर्माणको काम शुरू भएको छैन।

२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी ईन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शेरधन राई तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा पत्रमा हस्ताक्षर गरिएको थियो।

मंगलबार, आश्विन १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)