बाह्रखरी
सिनेमा हल खुले पनि ठूलो ब्यानरका चलचित्र यो दसैँमा रिलिज नहुने भएका छन् । देशभरका सिनेमा हल नखुलेको र दर्शक सिनेमा हल जान्छन् वा जाँदैनन् भन्ने निश्चित नहुँदा यो वर्षको दसैँमा ठूलो ब्यानरका सिनेमा रिलिज नहुने भएका हुन् ।
सानो ब्यानरका केही चलचित्र भने रिलिज हुनेछन् । रिलिज हुने भनिएका चलचित्रले दर्शक नतान्ने करिब निश्चित छ । त्यसैले सिनेमा रिलिजको वातावरण बनाउन समन्वयका लागि गठित कार्यदल अहिले पनि निर्माताहरूसँग छलफल गरिरहेको छ । तर, रिलिजका लागि निर्माताहरू तयार छैनन् ।
मिनिमम ग्यारेन्टी (एमजी) नगरेसम्म करोडौँ रकम जोखिममा राख्न नसकिने निर्माताहरूले बताउँदै आएका छन् । सिनेमा हलले महँगो एमजी ग्यारेन्टी गर्न नसकिने जनाएका छन् । परिणामः यो दसैँमा सिनेमा हेर्नबाट दर्शक वञ्चित हुने भएका हुन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया