बुधबार, ०७ जनवरी २०२६

गणेशमान सिंहले आफैंलाई मत नदिएको कांग्रेसको त्यो महाधिवेशन

बाह्रखरी

बाह्रखरी

रमेश वाग्ले
News Image
• • •

नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा छ। नेपाली राष्ट्रिय कांग्रेस हुँदै बनेको नेपाली कांग्रेसको सुरुको विधानअनुसार प्रत्येक वर्ष महाधिवेशन गर्नुपर्ने हुन्थ्यो। तर, लगभग तीन वर्षपछि मात्र कांग्रेसको पाचाैँ महाधिवेशन हुन सकेको थियो। 

योे नेपाली कांग्रेसको नेपालमै भएको भने पहिलो महाधिवेशन थियो। विसं २००९ साल जेठ नौ गते जनकपुरमा अधिवेशन हुँदा नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री पनि वहाल थिए।

सभापतिमा आफैँ दोहोरिने मातृकाको उत्कट चाहना थियो। तर, मातृका प्रधानमन्त्री र पार्टी सभापति दुवै हुँदा संगठन ओरालो लागेको भन्दै सभापतिमा बीपीलाई अघि बढाउने समझदारी कांग्रेसका त्यसबेलाका प्रभावशाली नेताहरूबीच भइसकेको थियो।

स्वयं सभापति मातृकालाई पनि राखेर गरिएको समझदारीमा बीपी सभापति हुने र मातृका प्रधानमन्त्री रहने भन्ने थियो। तर, मातृकालाई सभापतिबाट हटाउन चाहनुको एउटा कारण भने भारतको मातृकाप्रतिको झुकाव पनि थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!