यूके: वेल्सका विद्यालयमा यौन दुर्व्यवहारको अवस्थाबारे चिन्ता, बालबालिकाहरूलाई नग्न तस्बिर पठाउन दबाव

बिबिसी

काठमाडौं

एउटा अनलाइन सचेतना अभियानमा ९० भन्दा बढी विद्यालयको नाम आएपछि यूकेको वेल्स राज्यका विद्यालयमा सहपाठीहरूमाझ भएको भनिएको यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू भएको छ।

कक्षाकोठामा आफ्ना सहपाठीहरूले गर्ने यौन दुर्व्यवहारका घटनाहरूबारे नाम उल्लेख नगरीकन उजुरी गर्न छात्रछात्राहरूलाई सहयोग पुगोस् भनेर एउटा वेबसाइट "एभ्रिवान्ज इन्भाइटेड" सञ्चालन गरिएको छ।

नोर्थ वेल्स प्रहरीले उक्त वेबसाइटमा प्राप्त उजुरी र बयानसँग सम्बन्धित दुईवटा घटनामा अनुसन्धान अघि बढाइएको बताएको छ।

बीबीसी वेल्सलाई बताइएअनुसार ११ वर्ष उमेरसम्मका छात्राहरूलाई नग्न फोटो पठाउन भनेर छात्र सहपाठीहरूले दबाव दिने वा तिनीहरूलाई अश्लील तस्बिरहरू पठाउने घटना लगभग सामान्यजस्तै बनिसकेका छन्।

वेल्श सरकारले बालबालिकाहरूको सुरक्षा आफूहरूको प्राथमिकतामा रहेको जनाएको छ।

प्रकाशित मिति: : 2021-09-30 20:30:00

प्रतिकृया दिनुहोस्