
हिन्दू नेपालीहरुको महान पर्व विजया दशमी (दसैं) भित्रि सकेको छ। असत्यमाथि सत्यको विजय भएको सम्झनामा दसैं पर्व मनाइन्छ।
नवदुर्गा पूजा गरेर दशमीका दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ। यो पर्व दक्षिण एसियाका भारत, भुटान, बर्मा (म्यान्मार) लगायत देशमा पनि मनाइन्छ।
दसैं विभिन्न देश तथा समुदायमा आफ्नै परम्परा अनुसार मनाइन्छ। नेपालमा पनि विभिन्न जातजातिहरुले आफ्नो परम्परा अनुसार फरक–फरक तरिकाले दसैं पर्वलाई मनाउने गर्छन।
तर, दसैं पर्व मनाउँदा दसैं संस्कृतिमाथि नै गलत संस्कार बसाएर मनाउन थालिएको छ। निम्न वर्गका नागरिकहरुले दसैं पर्वलाई दशाका रुपमा चित्रण गर्नुपर्ने अवस्था छ। तडक भडक बढ्दै जाँदा निम्न वर्गीय नागरिकलाई किन दसैं आएको होला भन्ने अवस्था छ।
दसैं संस्कृतिमा तडक–भडक, बलिप्रथा कुनै नभएको भन्दै यो पछिबाट भित्र्याइएको 'कू' संस्कृति भएको नेपाल संस्कृति विश्व विद्यालय दाङका पूर्व उपकुलपति रमेश ढकाल बताउँछन्। दसैं संस्कृतिमाथि नै गलत संस्कार बस्दै गएको उनी जिकिर गर्छन।
बलिप्रथाः शिक्षाको कमी
दसैंको शत्तमीका दिन लाखौं पशुको बली दिने गरिन्छ। देवालयहरुमा देवतालाई खुशी पार्न बली दिने प्रचलन छ। भने, गाउँ–गाउँमा दसैं मनाउनका लागि पशुको हत्या गरिन्छ। यसरी पशुको बली दिने संस्कार शिक्षाको कमीका कारणले गर्दा बढ्दै गएको पूर्व उपकुलपति ढकालले बताए।
‘दसैं संस्कृतिमा पशुबली भन्ने नै छैन, हामीले शिक्षा नबुझेर पशुको सिकार गर्ने गरेका छौँ, ’उनले भने, ‘यो गलत संस्कृति हो।’ उनले पशुबली संस्कार बढ्दै गएको पनि बताए। जुन अनावश्यक संस्कार भएको उनको भनाई छ।
उनले मानिस मांशाहारी प्राणी नभएको भन्दै यो संस्कारलाई कमी गर्दै लैजानु पर्ने बताए। ‘जुन प्राणी पानी चाटेर खाने गर्छ, जस्तै कुकुर, बाघ आदि यी मांशाहारी हुने उनले,’ अगाडी भने, मानिस लागायत पानी पिउने प्राणी शाकाहारी हुन।’ उनले यस्ता संस्कार अन्त्यका लागि विद्यालय शिक्षामा पाठ्यक्रम तयार गर्नु पर्ने बताए।
प्रविधिको गलत प्रयोग बढ्दा यस्ता गलत संस्कारले प्रशय पाएको पूर्व उपकुलपति ढकालको जिकिर छ। उनले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई यस्ता गतल समाजिक सञ्जालको प्रयोग गर्नबाट रोक्नु पर्ने बताए। दसैं संस्कृति सबैले पढ्नुपर्ने र बुझ्नु पर्ने विषय भएको उनले बताए
कसरी मनाउने दसैं ?
नेपाली हिन्दूपात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाडनै दसैं हो। दसैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ। योे पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैं भनिन्छ।
दसैंमा ठूलाको आशिर्वाद लिने गरिन्छ। सानालाई आशिर्वाद दिने गरिन्छ। दसैं मनाउनका लागि प्रदेश पुगेका परदेशीहरु पनि फर्किने गर्छन। दसैंमा मिठो मसिनो खाने, टाढा रहेकाहरुसँग भेटघाट गर्ने भन्ने छ।
तर, दसैं पर्वलाई भड्किलो बनाउन नहुने संस्कृत विश्व विद्यालयका पूर्व उपकुलपति ढकाल बताउँछन्। उनले दसैंलाई सबैले मनाउन सक्ने पर्व बनाउनु पर्ने तर्क गर्छन। दसैंमा धेरै पैसा खर्च गर्ने, पशुबली दिने, दक्षिणाको नाममा गलत संस्कार बसाल्ने काम रोक्नु पर्ने उनको भनाई छ।
दसैंमा मन्दिर जान, योगा गर्न, पुजापाठ गर्न, वैमनस्य त्याग्न, खुशीका साथ सादगी रुपमा दसैं पर्व मनाउन ढकाल सुझाउँछन्। उनले कुनै पनि संस्कृति गलत नहुने बताउँदै मानवीय क्रियाकलापले हुने बताए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया