सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

कमल प्रभात

काठमाडौँ
सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

दशैँभन्दा केही दिनअघि। 

एक जना वृद्ध  हस्याङ–फस्याङ गर्दै नेपाल प्रहरीको साइबर ब्यूरो पुगे। 

उनको साथमा उनका साढुभाइ पनि थिए।

ती वृद्ध निकै तनावमा थिए। आतुर थिए– ब्यूरोका अधिकारीलाई भेट्न। उनलाई एक मिनेट पर्खन पनि निकै ढिला भइरहेको थियो। 
ब्यूरोका अधिकारी भेट्नासाथ ती वृद्धले आफ्नो दुःख पाख्न थाले। छेउमै बसेका साढुभाइले पनि उनको भोगाइ प्रष्ट्याउन सघाए।
वृद्धको गुनासो सुनेपछि व्यूरोका अधिकारीले उनलाई आश्वस्त पार्दै केही भने। त्यसपछि बल्ल ती वृद्धले लामो सास ताने। उनको अनुहारको रङ फेरियो।

वृद्धले भने, ‘ओहो अब त केही होला कि।’

पाको उमेरका दिनेश (नाम परिवर्तन) लाई एउटी रूप र यौवनले भरिएकी युवतीले केही दिनअघि ‘फेसबुक’ मा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाइन्। फोटो पठाउने युवती भारतीय मुलकी जस्तो देखिन्थिन्।
साथी बनेलगत्तैदेखि ती युवतीले ‘दिनेश’लाई ‘हाई.....हलो’ गर्न थालिन्। दिनेश पनि फेसबुकमै उनीसँग मस्किन थाले। केही दिनपछि नै उनीहरुबीच ‘भिडियो कल’ हुन थाल्यो। उमेरले पाको भए पनि दिनेश उनीसँग ‘फेसबुक’ मै दिवाना बनिसकेका थिए। 

नित्यजस्तै भिडियो कलमा कुराकानी हुँदै थियो, युवतीले बिस्तारै सीमा नाघ्दै थिइन्। अलि छाडा र उत्तेजक स्वरुप देखाउँदै थिइन् उनी। दिनेश उनीसँग निकै रम्थे।

दशैँअघिको एक दिनको कुरा हो, रमाइलो गफ गर्दै थिए– युवतीले आफ्ना सम्पूर्ण वस्त्र खोल्न थालिन्। शरीरका सम्पूर्ण वस्त्र उतारिन्। स्त्रीका गुप्ताङ्गहरुसमेत देखेपछि दिनेश पनि उत्साहित हुने नै भए।
युवतीले दिनेशलाई भनिन्, ‘तपाईं पनि प्याण्ट खोल्नुस् न, हेरौँ ! कस्तो देखिनुहुन्छ ?’ 

युवतीलाई नाङ्गै देखेर दिनेश पनि उत्तेजित भए। उनले पनि हतार–हतार शरीरका सबै कपडा उतारे। अनि युवतीलाई सर्वाङ्ग देखाए। अनि अनुहार रातो पार्दै केही मिनेट छाडा गफ गर्न भ्याए। 

दिनेशले प्रहरीलाई दिएको जानकारीअनुसार, उनले युवतीलाई सर्वाङ्ग नाङ्गो देखेपछि होश गुमाइसकेका थिए। दिनेशले उनलाई ‘सेक्स–पार्टनर’ सम्झेर व्यवहार गर्न थालिसकेका थिए। 

कामूक मन लिएर मस्की–मस्की लामो सास फेर्दै ‘म्यासेञ्जर’ मा ‘भिडियो कल’ चलिरहेको थियो, दिनेश निकै दिवाना भइरहेका थिए। यसैबीच मोबाइलको स्किनबाट ती युवती एकाएक हराइन्।
उनले कुरा गरिरहेको मोबाइलको ‘म्यासेञ्जर’मा एक युवक देखा परे–उनको सट्टा। ती युवकले दिनेशलाई हिन्दी भाषामा भने, ‘इञ्ज्वाय करो ! बहुत् मजा आया होगा न ?’ युवकले यत्ति शब्द बोलेपछि भिडियो कल काटियो।

अनि केही बेरमै पाको उमेरका दिनेशलाई धम्की आयो– केही बेरअघि नग्न भएर गरेको संवादको भिडियो सामाजिक सञ्जालमा हाल्ने।
त्यसपछि दिनेशलाई फसाद आइलाग्यो– अब के गर्ने ?

युवतीका तर्फबाट फेरि त्यही म्यासेञ्जरमा ‘कल’ आयो, ‘भिडियो सामाजिक सञ्जालमा रादिदिऊँ कि पैसा दिन्छौ।’ भिडियो सार्वजनिक हुनबाट रोक्ने हो भने पैसाको ‘बार्गेनिङ’ गर्न थाले। 

दिनेशलाई तनाव भयो। यस्तो कुरा कसैलाई ‘शेयर’ गरौँ– आफ्नै बेइज्जत। सामाजिक सञ्जालमा भिडियो भाइरल भयो भने पारिवारिक सम्बन्ध र सामाजिक प्रतिष्ठामा ठूलै आँच आउन सक्थ्यो। 

त्यसैले दिनेशले केही दिनसम्म चूपचाप लुकाएर राखे। केही जवाफ दिएनन्। एक्लै तनाव व्यहोरेर बसे। डरलाई मनमनै लुकाएर राखे। आफैँभित्र पिल्सिए। रातभरि सुत्न सकेनन् तर युवतीलाई भने धम्कीलाई बेवास्ता गरेको देखाए। बिस्तारै पीडा पचाउँदै थिए। उनी सामान्य हुँदै थिए।

सालीको इन्बक्समा ‘नाङ्गै’ भिडियो

दिनेशले पैसा दिएर भिडियो सार्वजनिक हुनबाट रोक्नेतर्फ वास्ता नगर्ने अवस्था देखेपछि युवतीले उनलाई दबाब दिन थाले– आफन्त र साथीहरुको फेसबुक साथीहरुलाई भिडियो पठाएर। त्यसपछि दिनेशको तनाव फेरि चुलियो। 

दिनेश लगभग विक्षिप्तजस्तै भइसकेका थिए– फेसबुक साथी रहेका आफन्त र साथीलाई उक्त भिडियो आउन थालेपछि। साथीभाइको ‘इन्बक्स’ मा भिडियो आउञ्जेल त जेनतेन धान्दै थिए, उनकै सालीको ‘इन्बक्स’मा भिनाजुको नग्न भिडियो आयो।

त्यसपछि सालीले दिदीसँग (दिनेशकी पत्नी) लाई भनिन् र भिनाजुको भिडियो देखाइन्। आफ्ना पतिलाई पनि भिनाजुको नाङ्गो भिडियो देखाइन्। त्यसपछि साढुभाइले उनलाई सघाए। दिनेशलाई बोकेर साढुभाइ नेपाल प्रहरीको ‘साइबर ब्युरो’ मा पुगेका थिए।

दुई महिनाभित्र ९६ उजुरी 

दिनेशको उक्त भोगाइ त एउटा प्रतिनिधि घटना मात्र हो। ‘साइबर ब्यूरो’ मा भदौ ४ गतेयता मात्र यस्तै खालका ९६ वटा उजुरी परिसकेको तथ्याङ्क ब्यूरोका प्रवक्ता एसएसपी नमीन्द अर्यालसँग छ। ती उजुरीहरुमा सबै यस्तै खालका घटनाहरु उल्लेख छन्। 

प्रहरीले करिब दुई महिनाको अवधिमा परेका ९६ उजुरी मध्ये ४३ वटा उजुरीको समाधान गरिसकेको छ भने बाँकी समाधानकै क्रममा छन्।
‘पछिल्लो समय यस्ता घटनाले धेरै जना पीडित हुनुपरेको छ’, ब्यूरो प्रवक्ता एसएसपी अर्यालले बिएल नेपाली सेवासँग भने, ‘सामाजिक सञ्जाल प्रयोगकर्ता सजग नहुने हो भने यो समस्या झनै बढ्ने खतरा छ।’

प्रवक्ता अर्यालका अनुसार, सामाजिक सञ्जाललाई माध्याम बनाएर ‘ब्ल्याक मेल’ गर्ने समूह अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका शहरहरुमा सक्रिय छ। ‘यस्तो गिरोहको फन्दामा परेपछि अप्ठेरो हुन्छ। सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ’, उनले भने, ‘सामाजिक सञ्जालमा नचिनेका मान्छे र जो पायो त्यहीसँग जोडिनु हुँदैन। नचाहिँदो कुराकानी र सामाजिक व्यवहारविपरीतका व्यवहार गर्न हुँदैन।’

ब्यूरोका अनुसार, सुरुका दिनमा सामाजिक सञ्जाललाई माध्यम बनाउँदै नेपाली नै प्रयोग गरी ठग्ने गरिएको थियो। प्रहरीले त्यस्ता गिरोहका धेरैलाई पक्राउ गर्यो। 

प्रहरी कारवाहीपछि केही समय चरित्र हत्या गर्नेजस्ता आपराधिक कार्यका केही उजुरी त आए तर पनि त्यस्ता ठगीका उजुरी घटेका थिए। फेरि अहिले भारतीय मूलका युवतीलाई प्रयोग गरी ‘ब्ल्याक मेल’ गर्ने प्रवृत्ति बढेको ब्यूरो प्रवक्ता अर्यालले बताए।

डाक्टरदेखि वकीलसम्म शिकार

ब्यूरोका अर्का एक अधिकारीले दिएको जानकारीअनुसार, यो समस्या दशैँताका झनै वृद्धि भएको छ। सबै जना दशैँको किनमेलमा व्यस्त भएका बेला केही व्यक्तिलाई तनाव बोकेर ‘साइबर ब्यूरो’ धाउँदै ठिक्क थियो। जसका कारण दशैँका बेला साइबर ब्यूरोका अधिकारहरु पनि यस्तै उजुरीको अपराध अनुसन्धानमै बित्यो।
ब्यूरोका प्रहरी निरिक्षक राजकुमार खड्गीले भने, ‘सामाजिक सञ्जालमा सकैलाई जोड्नु र जोडिनुअघि धेरै कुरा विचार गर्नुपर्ने बेला आएको छ।’
युवतीलाई अघि सारेर सामाजिक सञ्जालमा कामोत्तेजक र अमर्यादित भिडियो पठाउने अनि पछि त्यसैलाई माध्यम बनाएर मोटो रकम असुल्ने अपराध अहिले बढेको छ। प्रहरी निरीक्षक खड्गीले मागेबमोजिमको पैसा नदिए नदिने चरित्र हत्या गरिदिने गिरोहका कारण धेरैले दुःख पाएको बताए।

ब्यूरोमा कार्यरत अधिकारीहरुका अनुसार, ‘भल्गर’ (नग्न) भिडियोको शिकार प्रतिष्ठित डाक्टरदेखि वकीलसम्म, पत्रकार र समाजिक अभियन्तासम्म भइसकेका छन्। यसलाई रोक्न साइबर ब्यूरोले विभिन्न चेतनाका सूचनामूलक सन्देश दिँदै आएको छ।

यसरी फसाउँछन् युवतीले

ब्यूरोमा आएको उजुरीको अध्ययन गरी त्यसलाई समाधान गर्ने प्रहरी अधिकारीहरुका अनुसार, सामाजिक सञ्जाल ‘ह्वाट्स एप’, ‘म्यासेञ्जर’ तथा ‘भाइबर’मा कल आउँछ। त्यो कलमा युवतीहरु बोल्छन्। 

सुरुमा ‘हेलो हाई !’ गर्छन्। जब पुरुष बोल्न थाल्छ, अनि युवतीहरु बिस्तारै खुल्न थाल्छन्। गफगाफ बढाउँछन्। त्यसपछि ती युवतीले यौनका कुराबाट प्रवेश गरेर ‘भल्गर’ गफमा मग्न बनाउन थाल्छन्।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

प्रकाशित मिति: : 2021-10-21 21:23:00

प्रतिकृया दिनुहोस्