बिएल संवाददाता
मेरिल्याण्ड राज्यको डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित भएका छन्।
डेमोक्रेटिक पार्टीको डिष्ट्रिक–८ मा एमिली कुकले (डेमोक्रेटिक पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदानमार्फत निर्वाचित गरेका थिए) पद त्याग गर्ने घोषणा गरेपछि खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जन भन्दा बढी प्रश्नमार्फत हमालको अन्तवार्ता समेत लिएका थिए।
अमेरिकामा राजनीतिक दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन्। सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो।
मेरिल्याण्ड राज्यमा एएपिआईको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलवार डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्।
मेरिल्याण्ड राज्यमा विगत १६ वर्ष देखि बस्दैआएका हमाल सामाजिक क्रियाकलापमा संलग्न रहेका छन्। पार्टीको केन्द्रीय सदस्यहरुलाई समेत निर्वाचित प्रतिनिधीको रुपमा जनताको काममा समर्पित गराउन राज्य सरकारको तर्फवाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्र समेत प्रदान गरिन्छ।
हमालले अब नेपाली मूलका पहिलो निर्वाचित डेलिगेट भण्डारीसँगै पार्टी केन्द्रिय समितिमा काम गर्नेछन्।
पार्टीको केन्द्रिय समितिमा प्रवेश गरेकाेमा मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हयारी भण्डारीले एक बिज्ञप्ति जारी गर्दै भनेका छन्- हमाललाई हार्दिक वधाई ज्ञापन गर्दै आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छौँ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया