
हिमाल खबर
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएको भिडन्तमा चार जनाको मृत्यु हुनुमा राजनीतिक दलहरू मुख्य जिम्मेवार देखिन्छन्। उनीहरूले आफ्नो राजनीतिक फाइदाका लागि सर्वसाधारणलाई मोहरा बनाइरहेका छन्।
२४ असोज २०७८ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएको भिडन्तमा चार सर्वसाधारणको मृत्यु भयो। मृत्यु हुनेमा पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्ज्वल कुमाल, रुपन्देहीको शुद्धोधन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मी, कपिलवस्तुको वाणगंगाका रमेश परियार र अर्का एक व्यक्ति छन्।
चार जनाको मृत्यु, प्रहरी र सर्वसाधारण गरी ५० जना घाइते हुने गरी भएको उक्त घटनापछि रुपन्देही अहिलेसम्म शान्त छ। घटनापछि राजनीतिक दलहरूले दुःख प्रकट गर्दै विज्ञप्ति निकालेर औपचारिकता पूरा गर्ने बाहेक अन्य कुनै विरोधका कार्यक्रम गरेनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया