दिलिप कुवँर
०५२ साल फागुन १ गते माओवादीले १० वर्षे लामो शसस्त्र द्धन्द्ध सुरु गरेसँगै युद्धको चपेटामा मुख्यतया रोल्पा र रुकुम परे।
अझै रोल्पाको जेल्वाङको इतिहास हेर्न हो भने अपत्यारिलो छ, तर गौरवलाग्दो छ। देशकै इतिहासमा सबैभन्दा बढी जेल्वाङबाट सहिद भए। अर्थात्, एउटै गाउँबाट ७६ जना सहिद भएका थिए।
माओवादी द्धन्द्ध हुनुभन्दा अगाडि यो गाउँ सामान्य नै थियो। तर, जनयुद्धले जेल्वाङको पहिचानलाई फराकिलो बनाएको छ। अहिले जेल्वाङमा युद्ध पर्यटन विकासको लागि पृथक प्रयासहरु थालिदै आएका छन्।
जसोतसो गाउँसम्म कच्ची सडक पुगेको छ। पहिलेभन्दा अहिले गाउँ विकासको बाटो कुद्न थालेको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन रक्तिम बताउँछन्। जेल्वाङवासीहरुको जिवनस्तर उकास्न र यहाँको पर्यटन सम्भावनालाई गति दिन बेलाबेला अर्थपूर्ण कार्यक्रमहरु पनि हुँदै आएको रक्तिमले बताए।
उनी भन्छन्,'यहाँ युद्ध पर्यटनको राम्रो सम्भावना छ। हामीले यसलाई संरक्षण गरेर गति दिन सक्दो प्रयास गरिरहेका छौ। यहाँ विजुली हाइड्रो पावरबाट व्यवस्थापन गरिएको छ। गाउँले विस्तारै अनुहार फेर्दैछ।'
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया