आइतबार, १३ जुलाई २०२५

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-05-05 18:50:00
News Image
• • •

एक जना भाइ जो दिदीको घरमा बसे। दिदीको नाता लगाएर नजिकिए। अन्त्यमा उनैको नाङ्गो फोटो देखाएर दिदीलाई लुट्नुसम्म लुटे।

स्थायी घर हेटौँडा भएका सलिभ ठकुरी भनिने २६ वर्षीय युवक निर्दोष ठकुरी। उनी काठमाडौंको कीर्तिपुरमा १० वर्षदेखि डेरा लिएर बसिरहेका थिए। डेरा बसेको केही वर्षपछि त्यही घरकी एउटी छोरीलाई उनले दिदी बनाए।

दिदी बनाएपछि तिहारमा उनै दिदीको हातबाट टीका लगाउन थाले। त्यसपछि उनले लगातार १० वर्ष टीका लगाए।

तिहारमा टीका लगाएपछि दिदीले पनि ती युवकलाई आफ्नो भाइ ठानिन्। अनि भाइलाई जस्तै माया गरिन्। दिदी भाइको सम्बन्ध एमदमै राम्रो थियो।

एकदिन दीदीको मोबाइलको सेटिङ ब्रिगियो। ब्रिगिएको मोबाइल भाइलाई बनाउन लगाइन्।

आफू अङ्ग्रेजी नजान्ने भएका कारण उनले भाइको सहयोगमा मोबाइलको सेटिङ बनाइन्। भाइले पनि सेटिङ बनाइदिए तर त्यसमा उनले आफ्नो जी–मेल आईडी राखे। त्यही नै दिदीका लागि ठूलो भूल भयो।

ती भाइ थिए– हेटौँडाका २६ वर्षीय सलिभ ठकुरी भनिने निर्दोष ठकुरी। ठकुरीले दिदीको मोबाइल बनाउने बेलामा राखेको आफ्नो जी–मेल आईडीको दुरुपयोग गरी ‘बार्गेनिङ’ गरेका थिए।



सँगै बाच्ने सँगै मर्ने भनी कसम खाएकाे नाता जब टुट्छ अनि दिइन्छ ‘हत्या’ सुपारी 

अमेरिका उड्न लागेकी अनिता पङ्खामा पासाे लगाएर किन झुन्डिइन् ?



अंग्रेजी नजान्ने दिदीलाई मोबाइल बनेपछि खुशी भइन्। भाइले राम्रो गरिदियो भनेर धन्यवाद दिइन्। त्यस बेला आफ्नो इमेल आईडी राखेर भाइले यो हदसम्म गर्ला भन्ने त उनले  सपनामा पनि चिताएकी थिइनन्। पत्तो हुने त के, मनको कुनै कुनामा शङ्का पनि थिएन।

एकदिन दिदीले आफ्नै मोबाइलबाट आफ्नो सर्वाङ्ग नाङ्गो तस्बिर खिचिन्। यो उनले कसैलाई पठाउन नभएर त्यसै खिचेकी थिइन्। त्यही फोटो जी–मेलको ब्याकअपमा गएर बस्यो जुन ब्याकअप ठकुरीको हातमा थियो।
दिदीको नग्न फोटो देखे पनि ठकुरी केही समय चूपचाप बसे। वास्तै गरेनन्। त्यसको केही समयपछि ठकुरीले अर्कैको नाममा फेसबुक आईडी खोले।

अनि त्यही नयाँ फेसबुक आईडीबाट भेष बदलेर दिदीलाई तथानाम गर्न थाले। ठकुरीले दिदीलाई तनाव दिइरहे– चिनारी ढाँटेर। दिदी भने भाइलाई माया गर्दै रहिन्।



बाफ्रे ! प्रहरीकाे भन्दा पकेटमारहरूकाे 'कोडवर्ड' बलियाे, यस्ताे छ 'सीम्बाेल'

‘मैले श्रीमती मारे आउनुहोस् समात्न’



ठकुरीले दिदीसँग ‘बार्गेनिङ’ गर्न सुरु गरे– पाँच लाख रकम नदिए उक्त नाङ्गो फोटो फेसबुकमा राखिदिने। उनले धम्की दिन थाले, जसका कारण दिदीले आत्महत्यासम्म गर्ने सोच बनाइन्।

सहनै नसक्ने भएपछि एक दिन दिदीले आफन्तलाई आफ्नो समस्या सुनाइन्। ती आफन्तले नेपाल प्रहरीको साइबर ब्यूरोमा जान सुझाए। अनि दिदी साईबर ब्यूरोमा पुगिन्।

साईबर ब्यूरो पुग्दासम्म उनी ठकुरीलाई राम्रैसँग भाइ मानेकी थिइन्। जब साइबर ब्यूरोका अधिकारीले त्यो फेसबुक चलाउने व्यक्ति पत्ता लगाए, अनि दिदी छाँगाबाट खसेझैँ भइन्। उनका आँखाबाट आँसुका धारा खस्न थाले– आफ्नै भाइले यस्तो तनाव दिएको देखेर।
जुन भाइलाई १० वर्षदेखि आफ्नै घरमा राखिन्। भाइको माया दिइन्।  मीठो–मसिनो खुवाइन्। दुःखमा सधैँ सघाइन्। उसैले  रातादिन यति तनाव दियो कि आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्याए। दिदीले पटक–पटक आफ्नो मृत्युको समेत महसुस गरिन्।

धन्न ती दिदीले समयमै एक आफन्तको सहयोगमा साईबर ब्यूरोमा पुगिन्। दिदीलाई तनाव दिने ठकुरीलाई ब्यूरोले पक्राउ गरी साईबर अपराधमा मुद्दा चलायो। उनलाई अहिले जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका जेल चलान गरेको छ। गोपनीयताका कारण ती २८ वर्षीया युवतीको नाम, थर भने गोप्य राखिएको छ।

पीडित युवतीको फोटोलाई ठकुरीले दुरुपयोग गरी ‘ब्ल्याक–मेल’ गरेको देखियो। साईबर ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले बिएल नेपाली सेवासँग भने।

उनका अनुसार, ब्यूरोले पीडित युवतीको उजुरीका आधारमा ठकुरीलाई गएको भदौ १९ गते पक्राउ गरेको हो।

'पीडित युवतीको उजुरीको आधारमा हामीले ठकुरीलाई पक्राउ गरी साईबर अपराधमा अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा बुझाएकाे थियो, अदालतले उनलाई पुर्पक्षमा पठाएको छ', एसएसपी अर्यालले भने।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



सम्वन्ध नजिक छ भन्दैमा ढुक्कसँग बस्न नहुने यो घटनाले देखाएको छ। सामाजिक सञ्जाल र स्मार्ट फोनले यी दीदी भाइको सम्बन्धलाई समाप्त पारिदिएको छ। भाइ अहिले जेलमा छन्। दिदी घरमा यस्तो अपराधीलाई कसरी भाइ बनाएँछु भन्दै पश्चात्ताप गर्दै बसेकी छन्।

‘ब्यूरोमा आउँदा ती युवती निकै तनावमा थिइन्’, ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले भने, ‘पछि काउन्सिलिङ गर्दै जाँदा उनी ठीक भइन्।’

भाइ बनाएको व्यक्तिले नै यस्तो कूकर्म गरेको थाहा पाएपछि सम्बन्ध गाँस्दा धेरै कुराको विचार गर्नुपर्ने रहेछ भन्दै लामो सास तानेको समेत प्रहरी निरीक्षक खड्गीले बताए। यो घटनाले नाता गाँसेर दिदीभाइ बनाउनेलाई एकपटक विचार गर्नुपर्ने देखाएको छ।



सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

एक 'फेसबुक रिक्वेष्ट'जसले कम्बोडिया पुर्‍याएर यौनदासी बनायो 



दिदी नभएका भाई र भाई नभएका दिदीहरुले अहिले नाता गाँस्ने गरिएको बेला यस्ता घटनाले एक पटक सबैलाई झस्काएको छ। तिहारको मुखमा साइबर व्यूरोले पत्ता लगाएको यो घटनाबाट भाइ बनाउने करुणाका खानी निर्दोष दिदीहरुले शिक्षा लिन सक्ने प्रहरीको भनाइ छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?