बाह्रखरी
काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी लाइसेन्सको नयाँ आवेदन गत मंगलबारदेखि खुलेको थियो । लामो समयदेखि पर्खाइमा बसेका आवेदकहरू अब नयाँ लाइसेन्स निकाल्ने तयारीमा थिए ।
तर, विभागले लाइसेन्सको नयाँ आवेदन खुलेको दुई दिनमै प्राविधिक कारण देखाएर आवेदन बन्द गरेको छ ।
विभागमा आवेदन दिएर लामोसमयदेखि परीक्षाको पर्खाइमा रहेका चार लाखभन्दा बढी सवारी चालकको परीक्षा हुनै बाँकी छ । धेरै संख्या भएकाले विभागले लाइसेन्सको नयाँ आवेदन खुलाएपनि ट्रायल परीक्षा दिन ७–८ महिनासम्म कुर्नुपर्ने अवस्था थियो । तर, विभागले प्राविधिक कारण देखाएर आवेदन नै बन्द गरेपछि यो अवधि अझै लम्बिने देखिएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसाल प्राविधिक समस्या हल हुनबित्तिकै पुनः आवेदन खुलाइने बताउँछन् । ‘‘अहिले प्राविधिक कारणले दुईदिनअघि मात्रै खुलेको लाइसेन्सको नयाँ आवेदन बन्द गर्नुपर्यो । हाम्रो सिस्टममा समस्या देखिएपछि बन्द गर्नुपरेको हो । सिस्टम मर्मत भइरहेको छ,” प्रवक्ता भुसालले भने ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया