
बाह्रखरी
काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी लाइसेन्सको नयाँ आवेदन गत मंगलबारदेखि खुलेको थियो । लामो समयदेखि पर्खाइमा बसेका आवेदकहरू अब नयाँ लाइसेन्स निकाल्ने तयारीमा थिए ।
तर, विभागले लाइसेन्सको नयाँ आवेदन खुलेको दुई दिनमै प्राविधिक कारण देखाएर आवेदन बन्द गरेको छ ।
विभागमा आवेदन दिएर लामोसमयदेखि परीक्षाको पर्खाइमा रहेका चार लाखभन्दा बढी सवारी चालकको परीक्षा हुनै बाँकी छ । धेरै संख्या भएकाले विभागले लाइसेन्सको नयाँ आवेदन खुलाएपनि ट्रायल परीक्षा दिन ७–८ महिनासम्म कुर्नुपर्ने अवस्था थियो । तर, विभागले प्राविधिक कारण देखाएर आवेदन नै बन्द गरेपछि यो अवधि अझै लम्बिने देखिएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसाल प्राविधिक समस्या हल हुनबित्तिकै पुनः आवेदन खुलाइने बताउँछन् । ‘‘अहिले प्राविधिक कारणले दुईदिनअघि मात्रै खुलेको लाइसेन्सको नयाँ आवेदन बन्द गर्नुपर्यो । हाम्रो सिस्टममा समस्या देखिएपछि बन्द गर्नुपरेको हो । सिस्टम मर्मत भइरहेको छ,” प्रवक्ता भुसालले भने ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया