बिहिबार, ३१ जुलाई २०२५

म एक्लो बृहस्पति भएँ, बृहस्पति भगवानको अवतार हुन् : प्रधानन्यायाधीश जबरा

अनलाइनखबर

अनलाइनखबर

काठमाडौँ
News Image
• • •

न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा तानिएका छन्। सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत राजीनामा मागेका बेलामा उनले अन्तर्वार्तामार्फत आफ्नो धारणा राखेका छन्।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा उनले आफूले तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने भन्दै केही व्यक्तिले राजीनामा माग्दैमा नदिने बताएका छन्। उनले भनेका छन्, ‘पाँच जनाले मागेर राजीनामा दिएर मैले न्यायपालिकालाई अनाथ बनाएर भविष्यमा यही प्रवृत्ति दोहोरिने बाटो किन गर्नु ? यो मेरो कानमा पनि छैन, आँखामा पनि छैन, मस्तिष्कमा पनि छैन।’

प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको र सुशीला कार्कीलाई अर्काको आँखाले हेर्ने, अर्काको कानले सुन्ने व्यक्ति भएको टिप्पणीसमेत गरेका छन्।

कार्यक्रम सञ्चालक/प्रस्तोता ऋषी धमलाको अनुमतिमा हामीले उक्त अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं :

तपाईं प्रधानन्यायाधीश भएपछि सोचेजस्तो काम गर्न सक्नुभयो ?

मैले सोचेको जस्तो गर्न अझै समय बाँकी छ। त्यसले गर्दा म गर्छु, यो मेरो प्रतिवद्धता हो। मेरो नेतृत्वमा न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम तरिकाले अघि बढाउने कार्य जो भइरहेको छ। मलाई लाग्छ, त्यो एकदमै सराहानीय छ। धेरै संवैधानिक विषयवस्तुहरु अदालतभित्र आए। तिनलाई जनताले चाहेजस्तो र संविधानमा व्यवस्था भए अनुसार काम गरेर हामी अगाडि बढिरहेका छौं।

शुक्रबार, कार्तिक १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)