हिमाल खबर
देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका कारण काउली, बन्दा, साग, काँक्रा जस्ता तरकारी सप्रिन नपाउँदै खेतमै खेर गए। धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेका किसान प्रेम घले भन्छन्, 'यो वर्ष काउली, बन्दाबाट एक सुको आम्दानी भएन। म मात्रै होइन, गाउँभरिका किसान रोएका छन्।'
उक्त गाउँका एक दर्जनभन्दा बढी किसान परिवार तरकारी फलाएर काठमाडौंका व्यापारीलाई बिक्री गरी घरव्यवहार धान्छन्। घलेले यो वर्ष करीब नौ रोपनी जग्गामा काउली र बन्दा लगाएका थिए। तर, निरन्तरको झरी र वेलावेला आएको आरीघोप्टे पानीले तरकारी सप्रिन नपाएको उनले बताए। 'यो वर्ष पानीले गर्दा कम्तीमा एक किलो हुनुपर्ने काउलीको थुँगा एक सय ग्राम पनि पुगेन, त्यस्तो काउली कसले किन्छ?' घलेले भने, 'बन्दा पनि नसप्रिंदै कुहियो।'
धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेमा लगातारको वर्षाका कारण नसप्रिएको काउली।
यो वर्ष बजारमा काउली, बन्दा, साग आदिको बजार मूल्य राम्रो छ। काउली प्रतिकिलो ५०/६० रुपैयाँमा खेतबाटै बेच्न सकिने मौका थियो। तर, घलेको मिहिनेत र लगानी खेर गयो। त्यही गाउँका अर्का किसान लक्ष्मण गुरुङले पनि १३ रोपनी जग्गामा काउली र बन्दा लगाउँदा खर्च भएको रु.२ लाख गुमेको बताए। अर्का किसान तारा दनैले सात रोपनीमा लगाएको वर्षे तरकारी बेचेर जम्मा रु.१० हजार जति हात पारे, जब कि उनको लगानी नै रु.१ लाख जति भएको थियो। “एक महीनामै काउली छिस्स फुल्यो, बढ्दै नबढी त्यसै खेर गयो,' उनले भने।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया