हिमाल खबर
देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका कारण काउली, बन्दा, साग, काँक्रा जस्ता तरकारी सप्रिन नपाउँदै खेतमै खेर गए। धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेका किसान प्रेम घले भन्छन्, 'यो वर्ष काउली, बन्दाबाट एक सुको आम्दानी भएन। म मात्रै होइन, गाउँभरिका किसान रोएका छन्।'
उक्त गाउँका एक दर्जनभन्दा बढी किसान परिवार तरकारी फलाएर काठमाडौंका व्यापारीलाई बिक्री गरी घरव्यवहार धान्छन्। घलेले यो वर्ष करीब नौ रोपनी जग्गामा काउली र बन्दा लगाएका थिए। तर, निरन्तरको झरी र वेलावेला आएको आरीघोप्टे पानीले तरकारी सप्रिन नपाएको उनले बताए। 'यो वर्ष पानीले गर्दा कम्तीमा एक किलो हुनुपर्ने काउलीको थुँगा एक सय ग्राम पनि पुगेन, त्यस्तो काउली कसले किन्छ?' घलेले भने, 'बन्दा पनि नसप्रिंदै कुहियो।'
धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ कुन्लेमा लगातारको वर्षाका कारण नसप्रिएको काउली।
यो वर्ष बजारमा काउली, बन्दा, साग आदिको बजार मूल्य राम्रो छ। काउली प्रतिकिलो ५०/६० रुपैयाँमा खेतबाटै बेच्न सकिने मौका थियो। तर, घलेको मिहिनेत र लगानी खेर गयो। त्यही गाउँका अर्का किसान लक्ष्मण गुरुङले पनि १३ रोपनी जग्गामा काउली र बन्दा लगाउँदा खर्च भएको रु.२ लाख गुमेको बताए। अर्का किसान तारा दनैले सात रोपनीमा लगाएको वर्षे तरकारी बेचेर जम्मा रु.१० हजार जति हात पारे, जब कि उनको लगानी नै रु.१ लाख जति भएको थियो। “एक महीनामै काउली छिस्स फुल्यो, बढ्दै नबढी त्यसै खेर गयो,' उनले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया