मङ्गलबार, २९ जुलाई २०२५

थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु

News Image
• • •

देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ५०३ छ।

पछिल्लो समय थप ९११ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात लाख ९१ हजार २६९ पुगेको छ।

त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

शनिबार, कार्तिक १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)