
देशसञ्चार
दीपावलीको अवसरमा हालै एकजना मित्रकहाँ साथीभाइ जमघट थियो। जमघट भएका साथीमध्ये एकजना दृष्टिविहीन थिए। जब खानपान सकेर राति सबै घर फर्कने बेला भयो, घर मालिकले दृष्टिविहीनलाई भने- तपाईं एउटा बलेको लाल्टिन बोकेर जानुहोला।
उनले भने- म आँखा नदेख्ने मान्छेलाई दिन रात एकै, मैले यो लाल्टिन बोकेर के अर्थ र? मलाई बानी भैसक्यो उज्यालो अँध्यारोमा एक्लै हिँड्ने र सजग हुने। तैपनि ती मित्रले भने–रातको समय छ, तपाईंको लाल्टिनको उज्यालोले अरु मान्छे तपाईंसँग ठोकिन पाउँदैनन्। उनलाई ठिकै लाग्यो, लाल्टिन बोकेर घरतिर निस्के।
उनी जाँदै थिए‚ अचानक एकजना मानिस उनीसँग ठोक्किन आइपुगे। मित्रले दिएको सल्लाह त ठिक भएन त! उनले ठोक्किन आइपुगेका व्यक्तिलाई भने– के हो मित्र तपाईं त आँखा देख्नुहुन्छ होला‚ किन ठोकिन आइपुग्नु भो! मेरो हातको बलेको लाल्टिन पनि देख्नुभएन? अर्को व्यक्तिले हाँस्दै भने– महाशय, म प्रष्ट देख्छु। तर‚ तपाईंको हातको लाल्टिन निभेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया