हिमाल खबर
राष्ट्र ब्यांकका अनुसार, अहिले हाम्रो व्यापार घाटा ११ खर्बभन्दा माथि छ। यो घाटासँग धागो र कपडा उत्पादनमा हाम्रो उदासीनता पनि जोडिएको छ।
हाम्रा लागि गाँस र कपासको स्रोत भनेकै कृषि हो। यहाँ कपास अर्थात् कपडाका विषयमा चर्चा गरिंदै छ। कपडा बुन्न आवश्यक कच्चा वस्तु धागो हो। यही आवश्यकतालाई हेरेर बुटवलमा धागो कारखाना स्थापना गरिएको थियो, तर पछिल्ला सरकारले यसलाई निजीकरण गरेर बन्दै गराइदिए।
विश्वमै धागोका प्रमुख स्रोत भनेका रेसम र कपास खेती तथा भेडापालन हुन्। अन्य स्रोत पनि नभएका होइनन्, तर ती नगण्य छन्। पछिल्लो समय बाँस, अल्लो, केरा, सिस्नो, भाँगो आदिबाट पनि कपडा बन्छन्। नेपालमा सरकारले रेसम खेतीबारे अनुसन्धान तथा काम शुरू गरेको आधा शताब्दी भइसकेको छ। तर, यो अझै ग्रामीण बस्तीसम्म व्यावसायिक रूपमा विस्तार हुन सकेन।
रेसम एक प्रकारको कीरा हो। यसलाई पालन गर्न किम्मुको बिरुवा चाहिन्छ। कम हावा लाग्ने तथा गर्मी र चिसो धेरै नहुने ठाउँ यसका लागि उपयुक्त हुन्छ। यस अर्थमा नेपाल रेसम खेती गर्न मिल्दो ठाउँ हो। त्यसैले हामीले धागो तथा कपडामा आत्मनिर्भर बन्न रेसम खेतीमा ध्यान दिनुपर्छ।
थप सामग्री : https://www.himalkhabar.com/news/126444
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया