
आयोमेल
सेताम्य उनको कपालमा भदौरे घाम लुकामारी खेल्दै थियो। जाली लगाएको ढोका अघिल्तिर कुर्सी मिलाउँदै उनले भने– समय पनि कस्तो आइदियो, आफ्नैसँग टाढा भाग्नुपर्ने। घरमा आएका पाहुनालाई पानीसमेत खुवाउन नपाइने।
‘कहाँबाट आउनुभाको रे!’ कुर्सी मिलाइसकेर उनले भने– ‘बुढ्यौलीले छोएछ कि क्या हो। बिर्सिने बानी लाग्यो।’ लगभग ७०को उकालो लागिसकेको उनको बुढ्यौली ज्यान भने अझैं हृष्टपुस्ट छ। अनुहारमा मुजाहरू अझै टल्किएका छैनन्।
क्यामेराको लेन्स मिलाउँदै गर्दा उनको फोन बज्यो। फोनमा उनले आफ्ना एकजना शुभेच्छुकलाई भन्दै थिए, ‘सकभर वृद्धाश्रम त बनाउने नै होइन। भएका पनि बन्द गर्नुपर्छ। आफ्ना छोराछोरीलाई यो संस्कार सिकाउनुपर्छ।’ उनका ती शुभेच्छुकले एउटा बृद्धाश्रम खोल्नेबारे उनीसँग सल्लाह माग्दै थिए सायद।
फोनमा उनलाई ‘बधाई’ सन्देश पनि आएको थियो। ‘धन्यवाद’को जवाफ फर्काउँदै उनले भने ‘फेसबुकमा लेखेको अघिल्लो वर्ष हो।’ यो वर्ष पनि उनलाई फेसबुकले नै सम्झाइ दियो– अघिल्लो वर्ष उनले युनेस्कोको ‘अन्तर्राष्ट्रिय किङ सेजोङ साक्षरता’ पुरस्कार पाएका थिए। त्यो २० हजार डलरको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया