बाह्रखरी
काठमाडौं । अहिले काठमाडौं ‘सहर’को क्षेत्रफल उपत्यकाको चारै दिशामा रहेका पहाडसम्मै फैलिएको छ । तर, एक समय थियो– वसन्तपुर, असन, न्युरोड, इन्द्रचोक वरिपरिका क्षेत्रलाई मात्र ‘सहर’ भनिथ्यो । त्यस क्षेत्रबाट थोरै बाहिर निस्कनेबित्तिकै ‘गाउँ’ हुन्थ्यो ।
हो, त्यही सहरभित्रको एउटा टोल टेबाहलको क्लब हो, संकटा क्लब । संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुरानो इतिहास बोकेको थोरै क्लबमध्येको एक हो ।
लिगमा सफलताको कथा हेर्ने हो भने संकटा पछाडि पर्ला । तर, परम्परागत इतिहास हेर्ने हो भने संकटा अग्रस्थानमा आउँछ । हुन पनि यस क्लबले नेपाली फुटबल इतिहासमा युग बिताइसकेको छ । झन्डै सात दशकभन्दा लामो इतिहास छ, संकटाको ।
संकटा नेपालमा निरंकुश राणा शासनको अन्त्यसँगै उदाएको क्लब हो । विशेष गरी युवाहरूको ‘इख’ले जन्माएको क्लब हो, संकटा । त्यही टोलमा अर्को एउटा क्लब थियो । जसको नाम हो, न्युरोड टिम (एनआरटी) । एनआरटीबाट नियमित खेल्न नपाएकाहरूले रिसको झोकमा अर्को क्लब दर्ता गरे । त्यही युवाहरूले झोकमा दर्ता गरेको क्लबको विस्तारित रूप हो, संकटा क्लब ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया