राज राेकाया
पछिल्लो ६ महिना–यता एक बालिकालाई चार सयभन्दा बढीले बलात्कार गरेको ‘जघन्य घटना’ प्रहरीसामु पुगेको छ। यो महाराष्ट्र (भारत) राज्यको बीड जिल्लाकी एक १६ वर्षीया बालिकाको कहालीलाग्दो वास्तविक कथा हो।
जसको उदाउँदो जीवनलाई बाल–विवाहदेखि बलात्कारको भुमरीसम्मै पुर्यो। पीडित बालिका यत्तिबेला बाल–कल्याण समितिको शरणमा पुगेकी छन्। कलिलै उमेरमा विवाह गरेकी उनी–न पति, न पिताः आखिर कसैको हुन सकिनन्।
उनी सामाजिक संस्था र महाराष्ट्र प्रहरीको सहयोगमार्फत न्यायको खोजीमा भौतारिँदै हिँडिरहेकी छन्। अनेकौँ प्रयासपछि प्रहरीसामु पुग्न सफल भएकी हुन्, उनी। यौन उत्पीडनको कानून अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको एसपी राजा रामासामीले बताएका छन्।
उनको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धान थालिसकेको छ। स्थानीय सञ्चारमाध्यका अनुसार ती बालिका दुई महिनाकी गर्भवती छन्।
पतिले कुटे, पिताले लखेटे
पीडित बालिकाले दुई वर्षअघि आमाको मृत्युपछि राम्रोसित जिउनसमेत पाइनन्। पिताले आमाको मृत्युलगतै अर्को विवाह गरे। घर बस्नै सक्ने अवस्था नभएपछि आठ महिनाअघि स्थानीय युवकसँग विवाह बन्धनमा बाँधिइन्।
नाबालिग उमेरमै घरजम बसाउँदा भोग्नु परेको गहिरो चोट अहिले सम्झनसमेत सक्दिनन्, उनी। विहेपछि दिनहुँजसो पतिले कुटिरहे। कारण थियो– दाइजो नल्याएको भन्दै पति र ससुराले कुटपिट गर्थे। पति र ससुराको कुटपिटबाट बच्न एकदिन घरबाट भागेर माइती पुगिन्। तर माइतीमा पिताले प्रवेश दिएनन्।
कान्छी पत्निसँग मिलेर पतिको दुःख थेगिरहेकी आफ्नै छोरी लखेटे। पिताले घरभित्र पस्न नदिएपछि उनी बीड जिल्लाको अम्बाजोगाईस्थित बसपार्कमा भिख माग्न थालिन्। र, यहीँबाट सुरु भयो– उनको यौन शोषण। उनी आफ्नो बेदना पोख्न प्रहरी कहाँ नपुगेकी होइनन्।
पटकपटक प्रहरी चौकी पुगेपनि कार्यालयले उजुरी दर्ता गरेन। उल्टै एक प्रहरी जवानले बलात्कार गरे।पीडित बालिकाले बाल–कल्याण समितिमा बताएअनुसार ६ पछिल्लो महिना–यता चार सयभन्दा बढीले उनीमाथि बलात्कार गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया