बुधबार, २२ अक्टोबर २०२५

प्रधानन्यायाधीशको बहिर्गमन स्थायी समाधान होइन

हिमाल खबर

हिमाल खबर

श्यामप्रसाद मैनाली
News Image
• • •

प्रधानन्यायाधीश जबराका जेजस्ता क्रियाकलाप सार्वजनिक भएका छन्, तिनका आधारमा उनी पदमा बसिरहन किमार्थ मिल्दैन। तर, एक व्यक्तिको बहिर्गमन मात्रैले न्यायालयमा मौलाएको राजनीतीकरण र बेथिति टुङ्गिनेवाला छैन।

न्यायिक क्षेत्र ठूलै द्वन्द्वमा फसेको छ अहिले। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै न्यायाधीश, कानून व्यवसायी, नागरिक समाज आदि आन्दोलित छन्। 

सरकारमा भागबण्डा खोजेको, यसका लागि कार्यपालिका र न्यायपालिका बीच ‘सेटिङ’ गराएको, संवैधानिक निकायहरूमा आफ्ना मानिसलाई नियुक्ति दिलाएको जस्ता आरोप खेपिरहेका जबराले सर्वोच्च अदालतको नेतृत्वबाट बिदा लिनुपर्ने आवाज तीव्र छ। बार-बेन्च लगायत न्यायिक क्षेत्रमा देखिएको असहजताको कारण उनै देखिएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!