प्रमिला घिसिङ
सरकारले मंसिर १ गतेदेखि ई– पासपोर्ट प्रणाली सुरु गर्याे।
ई–पासपोट वितरण गर्नुअघि राहदानी विभागमा अत्यावश्यक पर्दामात्र पासपोर्ट वितरण गरिदै आएकाे छ।
यसअघि सामान्य अवस्थामा विभिन्न जिल्लाबाट राहदानी (पासपोर्ट) पाइन्थ्यो। त्यसैले राहदानी विभागमा मानिसको चाप खासै हुँदैनथ्यो। जब सरकारले ई–पासपाेर्ट राहदानी विभागबाट मात्रै वितारण गर्नथालेसँगै मानिसहरूकाे भीड बढ्न थालेकाे छ।
यतिबेला राहदानी विभागमा समय म्याद सकिएका र तत्काल विदेश जाने मानिसहरूकाे भीड बढेकाे हाे। पासपार्ट लिनका लागि देशका विभिन्न जिल्लाबाट विभागमा आएकाहरु मध्येरातदेखि नै विभागकाे ढाेका कुर्न बाध्य भएका छन्।
पासपोर्ट लिनका लागि सुरुमा टोकन लिनुपर्ने हुन्छ। जुन टाेकन लिनकाे लागि मानिसहरू राती २ बजेदेखि लाइनमा बस्ने गरेका छन्। उनीहरू रातिदेखि नै लाइनमा बसे पनि टाेकन वितरण भने विहान ६ बजेबाट मात्रै हुने गर्छ।
कतार जाने तयारीमा रहेका सप्तरीका २१ वर्षीय रामपुजन ठाकुरले टोकन लिनकै लागि आफू ६ घण्टासम्म लाइन बस्न परेकाे गुनासाे गरेका छन्।
‘बिहान ६ बजे आएर लाइन बसेकाे थिएँ बल्ल १२ बजे टोकन पाएँ,’उनले भने, ‘यहाँकाे व्यवस्थापन राम्राे नहुँदा सारै दुख पाइयाे।’
उनी जस्तै पासपार्ट बनाउनकाे लागि बुटवलबाट आएकी सर्मिला परियाले पनि यहाँकाे व्यवस्थापन ठिक नहुँना आफू तीन घण्टासम्म लाइन बसेर मात्रै टाेकन पाएकाे बताएकी छिन्।
यता विभागका निर्देशक शरदराज आरण भने सेवाग्राहीले कुरा नबुझेका कारण भीड बढेको बताउछन्।
‘यहाँ यस्ताे भीड हुनु सामान्य कुरा हाे, साताको पहिलो दिन टोकन बाड्ने भएकाले केही आज अलि भीड देखिएकाे हाेला,’ उनले भने,‘बाहिरबाट शनिबार राजधानी आएकाहरु आइतबार विभाग आउँदा अरु बारको तुलनामा अलिबढी भीड हुन्।’
बिहान ढिला आएपनि समस्या नहुने भएपनि मानिसहरू छिटाे छरिताे काम हाेस् भनेर विहानै आएकाे हुन सक्ने उनले बताए। त्यस्तै नयाँ प्रणालीबाट काम सुरू भएकाेले पनि केही समय लाग्ने गरेकाे उनकाे दाबी छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया