बिहिबार, ३१ जुलाई २०२५

नेतृत्वमा पुगेपछि हट्न किन तयार हुँदैनन् नेता ? ४७ वर्षदेखि सधैँ नेतृत्व !

बाह्रखरी

बाह्रखरी

काठमाडौँ
File Photo
• • •

नेपालमा राजनीतिक दलहरु लोकतन्त्रका पर्याय मानिन्छन्। विश्व इतिहास हेर्दा स्वतन्त्रता आन्दोलन  र क्रान्तिपछि परिवर्तन आएका छन् र त्यसपछि मात्र पार्टीहरुको उदय भएको छ। तर, नेपालमा भने राजनीतिक पार्टी स्थापना, त्यसपछि क्रान्ति अनि मात्र परिवर्तन भएको छ।

यसकारण पनि नेपालको स्वतन्त्रता, क्रान्ति र परिवर्तनमा जनताभन्दा अगाडि राजनीतिक दलको नाम आउँछ।

तर, त्यस्तो भूमिका खेलेका पार्टीहरुको आन्तरिक जीवन भने लोकतान्त्रिक बन्न सकेको छैन। जुनसुकै विधिबाट होस् नेतृत्वमा पुग्ने, जस्तोसुकै हतकण्डा गरेर होस् नेतृत्वमा अडिइरहने र महाधिवेशन र राष्ट्रिय निर्वाचनमा व्यक्ति हावी भएर पुनः अर्को कार्यकालका लागि बलियो बन्ने यो चरित्रले पार्टीहरुको आन्तरिक लोकतन्त्र भने ध्वस्त अवस्थामा छ। 

मंगलबार, मंसिर १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)