ओली ‘त्यहाँदेखि यहाँसम्म’

खड्गप्रसाद शर्मा ओली

जन्म : २००८ फागुन ११ गते शनिबार (सन् १९५२/०२/२३)

जन्मस्थान : इवा, तेह्रथुम 

पहिलोपटक अध्यक्ष, नेकपा (एमाले) : २०७१ असार १९–२५ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशन

नेता, संसदीय दल, नेकपा (एमाले) : २०७० माघ २१ मा सम्पन्न निर्वाचन

संविधानसभा सदस्य : क्षेत्र नं. ७, झापा (२०७० मंसिर ४ को संविधानसभा निर्वाचन)

पहिलोपटक प्रधानमन्त्री : २०७२ असोज

चितवन: प्रतिस्पर्धी भीम रावललाई करिब ११ प्रतिशत मतमा सीमित गर्दै केपी शर्मा ओली दोस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका छन्। सर्वसम्मत बन्ने उनको पहल रावलकै उम्मेदवारीका कारण सम्भव भएन।

मंगलबार बिहानको रातिबाट भएको मतदानमा ओलीले १,८३७ र रावलले २२३ मत प्राप्त गरे। ओलीलाई आफू अध्यक्ष बन्नभन्दा पदाधिकारी र केन्द्रीय सदस्य मिलाउन सकस थियो। पार्टीले दिएको प्राधिकारमुताबिक ओलीले ‘सर्वसम्मत सूची’ जारी गरेका थिए। अन्तत: त्यसलाई निर्वाचनकै माध्यमबाट बैधानिकता दिइयो। त्यसमध्ये पदाधिकारीमा स्वयं उनको पद अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो। परिणाम भने ओलीकै छनोटमा गएको थियो। ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याए।

प्रकाशित मिति: : 2021-12-01 07:25:00

प्रतिकृया दिनुहोस्