
सेतोपाटी
पटक-पटक फुट्दै-जुट्दै-फुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले एकता महाधिवेशनमा होमिएको छ। पार्टी स्थापनाको तीन दशक लामो इतिहासमा पूर्वपञ्चहरू पुन: एक ठाउँमा उभिएर बुधबारदेखि महाधिवेशन गर्ने बिन्दुमा पुगेका हुन्।
एकता हुने, भंग भइहाल्ने, फेरि एकता र बीच-बीचमा समूहरूबीच विशेष महाधिवेशन भइरहने गरेकाले राप्रपाको यो महाधिवेशन कतिऔं हो भन्नेसम्म पनि नेताहरूले यकिन गर्न सकेका छैनन्।
एकता महाधिवेशन भनिए पनि पछिल्लो पटक कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका तीन पार्टी मिलेर एक भएको राप्रपामा एकताको भाव भने यसपालि पनि देखिएको छैन। लोकतन्त्र मानिसकेपछि त्यो पार्टीमा चुनाव त हुन्छ नै, हुनैपर्छ।
पार्टीभित्र विचारमा पनि विविधता हुनसक्छ तर साधना र ध्येयमा भने एकताको भाव जरुरी हुन्छ। राप्रपा त्यही एकताको भावबिना यसपालि पनि महाधिवेशनमा होमिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया