रविन पुन मगर (आइडु)
हे! सुन त
आज एउटा कुरा भन्नु छ
तिमीलाई मेरो
जुन कुरा मनभित्रै गुम्सिएछ
कैयन रात र कैयन दिनहरु।
सलुट निकोलस र ग्यालिलियो
तिमीलाई पनि
तिमीले नै भनेको है पृथ्वी गोलो छ भनि
आज समयले एक मौका दिँदैछ मलाई
सायद पृथ्वी घुम्दै आएछ भेत्नलाई या भनु भेटाउनलाई धन्य पृथ्वीमाता तिमिलाई पनि।
हे! पर्ख न पर्ख
तिमीसँग बोल्न मन छ
मनका कुरा खोल्न मन छ
यस्तै कुरा मन गुन्दैछ।
आदेश दिँदैछ दिमागलाई
दिलले।
हिजो, आज, भोलि भन्दै
बितिसकेछ्न् ६/७ सय दिनहरु।
त्यसैले बोल्न मन छ आज
भन्नु छ मनका कुरा अनि सुन्नु र सुनाउनु छ तिमिलाई।
हे! सुन त
साच्चै उस्तै छाै तिमी
जब पहिलो नजर परेथ्यो तिमीमा
चम्किलो अनुहार
बादलु केस
बदामी ओठ
गाजलु आँखाहरु।
सप्पै उस्तै–उस्तै छेउ।
आज नियाल्नु छ तिमीलाई नजिकबाट
तिम्रो मुटुको धड्कन सुन्ने गरी
तिम्रो आँखाबाट बगेको खुसीको आँसु
पुछ्न।
तिम्रो समिप भएर।
हे! सुन त
अनि गर्नु छ कुरा
मैले देखेको हिजो
तिमीले देखेको भोलि
र तिमी र मैले देखेको वर्तमान।
सबै सबै को कुरा
आज एक बाट
जिन्दगीको अन्तिम क्षणलाई
समेत नियाल्नु छ, आज
गर्नु छ धेरै कुरा।
हे तिमी पर्खी देऊ एकछिन
सुनिदेऊ आज मलाई
सुनाऊ तिमी पनि
सिङ्गाे दिन पूरा रात।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया