बिएल संवाददाता
नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेकाे छ।
प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए।
सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाममा विवाहपञ्चमी महाेत्सव सुरू भएकोले पार्टीको महाधिशेनपश्चात हुने गरी सबै पक्षसँग सहमति गरेकाे संयोजक रिजालले बताए।
प्रदेश २ अन्तर्गत सर्लाहीका ४ वटै क्षेत्र, सप्तरीको १ र रौतहटको १ निर्वाचन क्षेत्रबाट मतदाताहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त नभएको र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय अधिवेशन पनि रद्द भएकाले अधिवेशन सर्वसहमतिले स्थगित गरिएको उनले बताए।
कांग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
सभापति तथा प्रधानमन्त्री शेरवहादुरर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया