‘भाइहरूका लागि’ रामचन्द्रको वनवास !

अनलाइनखबर

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार वक्तव्य जारी गरी १४औं महाधिवेशनको प्रतिस्पर्धाबाट अलग भएको जानकारी दिएका छन्। भृकुटीमण्डपमा जारी महाधिवेशनमा कुनै पदको उम्मेद्वारी नदिएका पौडेल शुक्रबार साँझसम्म भने संस्थापन इतर समूहबाट साझा उम्मेद्वार तय गर्न भएको छलफलमा सामेल थिए।

तर लगातार पाँच दिन भएको छलफलले साझा उम्मेद्वार तयार पार्न नसकेपछि शनिबार यो समूहका नेताहरू डा.शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा अलग–अलग उम्मेद्वारी दिए।

‘प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक् प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा पुगें’ पौडेलले लेखेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्ति विरुद्ध भने लडि नै रहनेछु।’

प्रकाशित मिति: : 2021-12-12 07:57:00

प्रतिकृया दिनुहोस्