
बिएल संवाददाता
लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ। पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएकाे हाे।
जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ। सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दाेस्राे भएको छ।
प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए।
गोरु धनीलाई सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य भवानी केसी, क्लवका अध्यक्ष चित्रबहादुर केसी र फिजिकल सेन्टरका अध्यक्ष विष्णु बहादुर खड्काले संयुक्त रुपमा पुरस्कार वितरण गरे। लमजुङमै सुन्दरबजारमा पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया