बिएल संवाददाता
दुई साताअघि हराइरहेको एउटा लडाकु जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ। तालिमको सिलसिलामा रहेको एफ–१५एस लडाकु जेट ३१ जनवरीमा इसिकावा क्षेत्रको कोमातसु हवाई आधारबाट उडेको केही समयपछि सम्पर्कविहिन भएको थियो। लडाकु जेट हराएपछि चालक दलका सदस्यहरुको खोजी तीव्र पारिएको थियो।
जापानको सागरमा खोजी कार्य गर्ने क्रममा नौसेनाले चालक दलका एक सदस्यको शव फेला परेको वायु सेनाले जनाएको छ। चालकको शव पहिचान भएको र सहचालकको शव खोजी कार्य तीव्र पारिएको नौसेनाले जनाएको छ।
जेट विमान दुर्घटनाको कारण केही प्रष्ट पारिएको छैन। जापानमा हवाइ सेनाको जहाज बारम्बार दुर्घटना हुने गरेको छ। सन् २०१९ मा आकाशमा दिशाहीनताको अवस्थामा पुगेपछि एफ–३५ ए जेट विमान दुर्घटनाग्रस्त भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया