बिएल संवाददाता
दुई साताअघि हराइरहेको एउटा लडाकु जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ। तालिमको सिलसिलामा रहेको एफ–१५एस लडाकु जेट ३१ जनवरीमा इसिकावा क्षेत्रको कोमातसु हवाई आधारबाट उडेको केही समयपछि सम्पर्कविहिन भएको थियो। लडाकु जेट हराएपछि चालक दलका सदस्यहरुको खोजी तीव्र पारिएको थियो।
जापानको सागरमा खोजी कार्य गर्ने क्रममा नौसेनाले चालक दलका एक सदस्यको शव फेला परेको वायु सेनाले जनाएको छ। चालकको शव पहिचान भएको र सहचालकको शव खोजी कार्य तीव्र पारिएको नौसेनाले जनाएको छ।
जेट विमान दुर्घटनाको कारण केही प्रष्ट पारिएको छैन। जापानमा हवाइ सेनाको जहाज बारम्बार दुर्घटना हुने गरेको छ। सन् २०१९ मा आकाशमा दिशाहीनताको अवस्थामा पुगेपछि एफ–३५ ए जेट विमान दुर्घटनाग्रस्त भएको थियो।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया