देशलाई निकास दिने एक मात्र बाटो– तत्काल मिल्नुपर्छ कांग्रेस र एमाले

लोकान्तर

डा. सुन्दरी पोखरेल

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ। दुई पार्टी मिल्न नसक्दा देशका समस्याहरूको आयतन पनि बढ्दै गएको छ। 

अहिले राजनीतिक गतिरोधको केन्द्रमा एमसीसी देखिएको छ। तर, एमसीसी वास्तविक मुद्दा होइन, गतिरोधको छायाँ मात्र हो। विभिन्न राजनीतिक स्वार्थहरूले एमसीसीलाई यो स्तरको मुद्दा बनाएको हो भन्ने बिर्सन हुँदैन।

एमाले र माओवादी एउटै पार्टी रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसीसीलाई त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहार गर्ने हतियार बनाउनुभएको थियो। पछि एमसीसी प्रकरणमा अन्य अनेकौं विषय गाँसिँदै गयो । समग्र राजनीतिलाई नै एमसीसीसँग गाँस्दै लगियो। 

अहिले एमसीसी ठूलो मुद्दा बनेको छ। यति ठूलो बन्नुपर्ने खालको प्रकरण नै थिएन, एमसीसी। यो लेखमा एमसीसी ठीक बेठीक भन्ने विषयमा केही पनि लेखिने छैन। यहाँ कांग्रेस र एमाले किन मिल्नुपर्छ, यी दुईको सहकार्य किन आवश्यक छ ? भन्ने लेखिँदैछ। 

प्रकाशित मिति: : 2022-02-17 14:17:00

प्रतिकृया दिनुहोस्