आइतबार, ०३ अगस्ट २०२५

एमालेले व्यक्ति मात्रै हाेइन, समाज पनि बनाउँछ: मधेस प्रदेश सचेतक थापा

सन्ताेष बराइली

सन्ताेष बराइली

महाेत्तरी
News Image
• • •

नेकपा (एमाले) मधेस प्रदेश सचेतक शारदादेवी थापाले अन्य पार्टीले झै एमालेले व्यक्ति हाेइन समाज बनाउने बताएकी छिन्।

बुधबार महाेत्तरीकाे गाैशलामा आयाेजित एमाले गाैशला नगर कमिटीकाे सांंस्कृतिक तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बाेल्दै सचेतक थापाले साेही कुरा बताएकी हुन्।

चुनावका बेला विभिन्न राजनीतिक दलका उमेदवार अनेकाैँ आश्वशन लिएर मत माग्न आउने तर जितेपछि समाजलाई बिर्सेर आफू बन्ने गरेकाे उनकाे भनाई थियाे।

‘एमालेले सुरू गरेकाे सामाजिक सुरक्षा भत्ता वितरण र अन्य सेवा सुविधामा कसैलाई पक्षपात गरेकाे तपाईंहरूलाई थाहा छ ? एमालेले कसैलाई पक्षपात गर्दैन किनकी एमाले समाज बनाउन चहान्छ,’ थापाले भनिन्। उनले आगामी स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्न समेत आग्रह गरिन्।

कार्यक्रममा एमाले प्रदेश सदस्य माधव श्रेष्ठले हालकाे सत्ता गठबन्धन अप्राकृतिक भएकाे बताए। उनले भने,‘एमसीसी काण्डले अहिलेकाे सत्ता गठबन्धन अप्राकृति भएकाे प्रमाणित हुन्छ।’

एमाले मधेसप्रेमी पार्टी: बलम्पाकी

एमाले केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले एमाले मधेसप्रेमी पार्टी भएकाे बताए।

नेता बलम्पाकीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले मधेसमा गरेकाे विकास निर्माणकाे फेहरिस्त प्रस्तुत गर्दै एमाले मधेसप्रेमी भएकाे बताए।

नेता बलम्पाकीले १३ अर्ब लगानीमा हुलाकी राजमार्ग पुन:निर्माण, सदरमुकाम जाेड्ने सडक, एसियाली रेलवे नेटवर्क, काेशी र गण्डकी याेजना अन्तर्गत कलकत्तासम्म पुग्ने गंगाधर जल यातायात ओली सरकारकाे मधेसलाई काेशेली स्वरूप उपलब्ध गराएकाे बताए।

त्यस्तै सुनकाेशी-मरिन-कमला डाईभर्सन, जनता तटबन्धकाे याेजना थालनी गरेकाले एमाले मधेसप्रेमी भएकाे प्रमाणित भएकाे जिकिर गरे।

‘एमाले मधेस विराेधी भनेर भ्रम छर्नेहरू मधेस लक्षित एमालेकाे विकास देखेर दुलाेभित्र छिरेका छन्,’ बलम्पाकीले भने।

त्यस्तै एमाले गाैशला नगर कमिटी अध्यक्ष अजय कुशबाहले अघिल्लाे चुनावसम्म एमाले मधेस विराेधी भनेर चुनाव प्रचार गर्न गाउँ समेत ढुक्न नदिएकाे बताउँदै भने,‘अहिले एमालेकाे विकासप्रेमी पार्टी भनेर निर्धक्क गाउँ–गाउँमा संगठन बनाउन पाइन्छ।’

बुधबार, फाल्गुण ११, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)