बिहिबार, ३१ जुलाई २०२५

अधिकृत सरुवा गराएको विराधमा हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीयले लगाए ताला

विजय साह

विजय साह

जनकपुर
News Image
• • •

धनुषाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन्।

हँसपुर नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द मण्डलले फर्जी कागजात तयार गरेर अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहिबार बलिराम कापरीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन्।

नगर प्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर तथा फर्जी कागजात तयार गरेर अधिकृत अधिकारीलाई यहाँबाट सरुवा गराएको स्थानीय युवा कापरीले बताए।

उनले अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरेपछि त्यसको विरोधमा कार्यालयमा ताला लगाएको जानकारी दिए।

धमाधम विकासको काम हुनुपर्ने समयमा अनुभवी अधिकृतलाई सरुवा गराएर विकास अवरुद्ध गर्ने कार्यमा स्वयम् नगरप्रमुख मण्डल नै लागेको आरोप समेत कापरीले लगाए। यसअधिका अधिकृत अधिकारीलाई मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा काज सरुवा गरी पठाएको उनले भने।

बिहिबार, फाल्गुण १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)