तेजन खड्का
अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फसाइएको बताएकी छिन्।
आज (शुक्रबार)बाट प्रर्दशनमा आएको ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो लफडा निकालेको भन्दै सत्यको जित हुने बताइन्।
बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी लफडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’
शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ।
‘हामीलाई असफल बनाउन यस्तो लफडा झिकियो। उनीहरु खुशी त होलान्,’ पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्।
पल शाहको बारेमा भने पूजाले सत्यको विजय दाबी गरिन्।
पल शाह निर्दाेष भएको भन्दै फसाउँन उनकै सहकर्मीले योजनाबद्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया