ट्याक्सी चालकको आक्रोश : पठाओले हाम्रो गाँस खोस्यो (भिडियो)

दिपक देसार पेशाले एक टयाक्सी चालक हुन्। उनले काठमाडौँ उपत्यकमा टयाक्सी चलाउन थालेको ३३ वर्ष पूरा भइसकेको छ।

चापागाउँ घर भई हाल वसन्तपुर बस्दै आएका दिपकले सुरुमै वसन्तपुरबाट ट्याक्सी थालेका हुन्। ट्याक्सी चलाउनु उनको दिनचर्या हो।

नेपालमा कोरोना भाइरस संक्रमण भित्रिएसंगै भएको लकडाउनले ट्याक्सी व्यवसाय पनि ठप्प भएको उनी बताउँछन्। दिपकका अनुसार अहिले ट्याक्सीबाट खासै आमदानी हुँदैन।

उनी भन्छन्, ‘लकडाउनभन्दा पहिला दिनमा ३/४ हजार आमदानी हुन्थ्याे। अहिले त दिनमा १/२ हजार कमाउन पनि मुस्किल छ।’

उनका अनुसार जब नेपालमा पठाओ सेवा सुरु भयाे, त्यसपछि ट्याक्सी चढ्ने भनेर खासै मानिस आउँदैनन्। पठाओ सेवा सुरु भएसंगै ट्याक्टी व्यवसाय धरापमा परेकाे उनकाे भनाइ छ।

‘पठाओले चाहिँ रातो प्लेटमा चलाइरहेका छन्, जुन सरकारले मान्यता दिएको छैन। तर हामी ट्याक्सी चालकहरुले कालो प्लेट लगाएर टयाक्सी चलाइरहेका छौँ’, उनी गुनासो गर्छन्, ‘सरकारले सबैलाई एउटै नियम लागु गर्नुपर्छ।’

काेराेना महामारीपछि र पठाओ आएपछि टयाक्सी मात्र चलाएर परिवार पाल्छु भन्ने स्थिति अब छैन उनले भने, ‘बढदो पेट्राेलको मूल्यले गर्दा बाँच्न समेत गाह्रो भइसक्यो।’

यसैगरी अर्का चालक उमेश महर्जन पनि टयाक्सी चलाएरै जीविकाेपार्जन गर्छन्। वसन्तपुरमा जन्मेका महर्जनले टयाक्सी चलाउन थालेको २१ वर्ष पूरा भइसक्यो।

उनले अरु काम अहिलेसम्म केही नगरेको बताउँछन्। अहिलैसम्म टयाक्सीकै भरमा परिवार पालेको उनी सनाउँछन्। धेरै वर्ष भयो टयाक्सी चलाएको तर नेपालमा काेराेना महामारीकाे बेला भएकाे लकडाउन पछिको स्थिति र पठाओ आएपछि अहिलेसम्म दुखै पाइयाे, उनले बिएल नेपाली सेवासँग भने, ‘धेरै गाह्रो भएको छ टयाक्सी चलाएर परिवार पाल्न।’

‘दिनभरि यात्रु कुर्यो, १/२ जना आउँछन्। त्यही पनि कुनै दिन कोही आउँदैनन्’, उनी गुनासाे गर्छन्।

एक घटना सुन्दाउँदै उनले भने, ‘लाजिम्पाटबाट टेकुसम्म एक जान यात्रु चढेका थिए। सुरुमा उनीसंग ३०० रुपैयाँँ भाडा भनेर सहमति भएको थियो। तर, ती यात्रुले आफू झर्नेबेला २०० रुपैयाँ फालेर पछाडि पनि नहेरी गए। म पनि केही नभनी फर्केँ। यस्तो घटना मलगायत धेरै चालकहरूले भाेगिरहेका हुन्छन्।’

प्रकाशित मिति: : 2022-03-14 19:50:00

प्रतिकृया दिनुहोस्