
तेजन खड्का
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को संगठनात्मक अस्तित्व अहिले जोखिममा रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुलाई बुधबार बिहान बालकोटस्थित आफ्नै निवासमा स्वागत गर्दै पूर्व प्रधानमन्त्री ओलीले भने, 'अहिले तपाईंहरुले टेको लगाएर संस्थालाई अडयाउनु भएको छ, अब यसलाई सबलीकरण गर्नु होस्।'
पूर्वप्रधानमन्त्री ओलीले विदेशमा बस्ने नेपालीहरुले त्यहाँ देखेका राम्रा अभ्यासहरुलाई नेपाल लिएर आउन सुझाव पनि दिए। उनले ज्ञान आर्जन र धन आर्जन गर्न विदेश पुगेका नेपालीहरुले आफ्नो भाषा र आफ्नो संस्कार जोगाउन सामूहिक प्रयास गर्नु पर्ने बताए।
उनले गैर आवासीय नेपाली संघलाई व्यक्तिगत र समूहगत स्वार्थ भन्दामाथि राख्नु पर्ने बताए।
'हामी तपाईंहरुको संस्था माथि हस्तक्षेप गर्दैनौ, दलीय स्वार्थका लागि प्रयोग गर्दैनौ, तपाईंहरु पनि आफ्नो संस्थालाई स्वतन्त्र र साझा संस्थाको रुपमा अगाडि बढाउनोस्' अध्यक्ष ओलीले भने।
यस अघि नवनिर्वाचित अध्यक्ष कुल आचार्यले एक ज्ञापनपत्र पढेर सुनाएका थिए। ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम (वृद्धाश्रम) बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको छ।
उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष रबिना थापाले कुनै संस्थाभित्र विवाद चर्कियो भने महिलाहरु सबै भन्दा बढी प्रभावित हुने बताइन्। 'हामी एकतावद्ध भएर अगाडी बढ्न प्रतिबद्ध छौं, तपाईंहरुको सहयोग र सद्भाव रहीरहोस' उनले भनिन्।
त्यस्तै अर्का नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले संघले आइएलओबाट प्राप्त १० करोड सहयोग परिचालन गरेर कोभिडको बेला ५० देशमा २,५०० भन्दा बढी नेपालीहरुलाई उद्धार गरेको बताए। उनले संघले रुस-युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको पनि जनाए।
बुधबार दिउंसो नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापा लगायत नवनिर्वाचित पदाधिकारीहरुले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाइ उनकै पार्टी कार्यालयमा भेटेका थिए।
एनआरएनएका पदाधिकारीहरुले बुधबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, गृह मन्त्री बालकृष्ण खांड लगायतसंग भेटघाट गर्ने कार्यक्रम रहेको संघका प्रवक्ता सोम सापकोटाले जनाएका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया