‘टाइटानिक’ अभिनेत्री भन्छिन् : भगवानले दिएकाे शरीर देखाउन केकाे लाज ?

photo credit by titanic film
photo credit by titanic film

सन् १९९७ मा रिलिज भएको सुपरहिट सिनेमा 'टाइटानिक' हेर्नु भएको छ भने त्यसकी सुन्दरी नायिकाको नग्न दृश्यको पनि सम्झना हुनुपर्छ। सिनेमाको पर्दामा आफ्नो शरीर प्रदर्शन गर्न कुनै धक नमान्ने केट बिन्स्लेटले हालै रोयटर्ससँग कुराकानी गर्दै आफूसँग भएको सबै कुरालाई देखाउनु कुनै अपराध नभएको बताएकी छिन्।

उनी भन्छिन,'भगवानले मलाई सुन्दर शरीर दिएको छ भने त्यसलाई देखाउन के को लाज ?'

५ अक्टुबर सन् १९७५ को दिन बेलायतको रिडिङ्गमा जन्म भएकी नायिका बिन्स्लेटले आफ्नो करियर सन् १९९४ मा रिलिज भएको सिनेमा 'हेवेनली क्रीएचर्स'बाट सुरु गरेकी हुन्। सन् २००८ मा रिलिज भएको सिनेमा 'द रिडर'को लागि सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार अवार्ड समेत प्राप्त गरिसकेकी यिनी ६ पटक ओस्कारमा 'नोमिनेट' भइसकेकी छिन।

Kate Winslet posed naked in 'Titanic' in 1997. (CBS via Getty Images)

आफ्नो बिन्दास जीवनशैलीको कारण पनि सधै चर्चामा रहने नायिका बिन्स्लेट केवल १५ वर्षको हुँदा आफूभन्दा १२ वर्ष जेठो नायक स्टिफन ट्रेडेसँग प्रेममा परेकी थिइन् तर यो सम्बन्ध केवल ४ वर्षसम्म मात्र चलन सक्यो। हालसम्म यिनले ३ पटक क्रमस जिम थ्रीप्लेटन, सेम मेण्डेस र  एडवर्ड एबल स्मिथसँग विवाह गरिन र पहिलो दुईसँग पार पाचुके पनि भयो।

Photo: RICH FURY/GETTY IMAGES

कथाले माग्यो भने नग्न दृश्य दिन कुनै आपत्ति नभएको बताउने नायिका बिन्स्लेटले आफ्ना सिनेमा टाइटानिकको साथै हेवेनली क्रीएचर्स, ज्युड, हाइडियस किकी, होली स्मोक, क्विलिस, आइरिस, लिटल चिल्ड्रन र द रिडरमा पनि दर्शकलाई बुरुक्क उचाल्ने गरी नग्न दृश्य दिएकी छिन। विभिन्न खाले अनुसन्धानका अनुसार यी सिनेमाहरु अंग्रेजी भाषा नबुझ्ने दर्शकहरु पनि यिनको नग्न दृश्य हेर्न मात्र पटक-पटक सिनेमा हाल पुगेका थिए। यसको साथै सामाजिक सञ्जाललहरुमा पनि यिनलाई 'फलो' गर्नेको संख्या निकै धेरै छ र यिनको उत्तेजक भिडियोहरु 'भाइरल' भइरहन्छ।

प्रकाशित मिति: : 2022-04-27 06:18:00

प्रतिकृया दिनुहोस्