सुरेन्द्र राना ‘घुमफिरे’
गोरखाको गणेश हिमाल र गणेशकुण्ड क्षेत्रको पर्यटकीय सम्भाव्यताको खोज तथा अध्ययन कार्य सकिएकाे छ। पर्यटन सम्बन्धीकाे एउटा विज्ञ टोलीले याे क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक पक्षसहित पदमार्गको एक्स्पलोर गरेकाे हाे।
पर्यटकीय रुपमा अत्यन्तै सम्भावना भएपनि गोरखाका यी क्षेत्र ओझेलमा परेको अध्यक्ष गुरूङले बताए। पदमार्गमा रुन्चेतस्थित कालोपोखरी, गणेश कुण्डलगायत मनास्लु, बौद्ध, हिमालचुली, स्याला पिक, श्रृङ्गी, चमार, गणेश टु, गणेश फोर, चरङ्गी हिमालको दृश्यहरु अवलोकन गर्न सकिन्छ।
पदमार्ग भर्जिन अवस्थामा रहेकाेले धेरै पुर्वाधार निर्माण गर्न पर्ने अध्ययन टोलीकाे निष्कर्ष ररहेकाे छ। यसको साथै पदमार्ग साईनेज, पोर्टर शेल्टर, पुल र खानेपानीको व्यवस्थापन गर्ने पर्नेछ।
पर्यटनको सम्भावना बोकेको नयाँ ठाउँलाई प्रचारप्रसार र पुर्वाधार विकास गरेर नयाँ पर्यटकस्थलकाे रुपमा स्थापित हुने अध्यक्ष गुरुङको भनाइ। याे पदमार्ग पछ्याउँदै गणेश हिमालको बेसक्याम्पसम्मको पदयात्रा गर्न सकिन्छ।
धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङको नेतृत्वमा टान पोखराकाका सह-संयोजक हेमराज बास्तोला, माउण्टेन गाईड तथा कार्टोग्राफर सञ्जिव गुरुङ, सगरमाथा आरोही कान्छी डोल्मो ह्याल्मो लगायतका टोलीले सम्भाव्यता अध्ययन गरेको हो।
‘अध्ययन कार्य पूरा भएको छ, अब यो क्षेत्रको ट्रेकिङ म्याप, डकुमेन्ट्री निर्माण तथा प्रचारप्रसार सामाग्री छिट्टै प्रकाशन गर्नेछौँ,’ समितिका अध्यक्ष साने गुरुङले बताए।
अध्ययन टोलीका सदस्य पश्चिमाञ्चल टानका प्रतिनिधि हेमराज वास्तोलाले यो पदमार्ग अत्यन्तै सम्भावना बोकेकोले टानका सदस्य एजेन्सिजहरुको लागि खुसीको खबर भएको बताए। ‘यो पदमार्ग एउटा नयाँ गतिलो पर्यटकीय गन्तव्य प्रडक्ट बन्न सक्छ,’ उनले भने।
अध्ययन टोलीद्वारा आरुघाट गाउँपालिकाको आरखेतदेखि पदयात्रा सुरु गर्दै मान्बु हुँदै यार्सा, काशीगाउँ, केरौजा, कोमाङखर्क, विरेनडाँडा, मन्त्रडाँडा, मेघाचेत, गणेशकुण्ड, कालोपोखरी, रन्चेत, काम्लाकोट, हुल्चुक हुँदै गणेश हिमाल बेस क्याम्ससम्मको यात्रातय गरेको थियो।
त्यस्तै अध्ययन टोलीका सदस्य तथा माउन्टेन गाईड सञ्जिव गरुङले यो क्षेत्रलाई दुई वटा पदमार्गमा बाड्न सकिन्छ।
एउटा पदमार्ग केरौजाबाट माहुङखर्क, लाम्ब्राडाँडा, बुङमार्चेत, खर्क, बिरिमडाँडा, मान्द्राचे, सेने काङ पास (४२३५मि), मेघाचेत हुँदै गणेशकुण्ड। त्यहाँबाट मेघाचेत, सुग्पा ब्ले, रोङजा काङ, कालोपोखरी हुँदै रुन्चेत। र, अर्को दोभानबाट हुल्चोक हुँदै सुर्तिबारी, सेक्सुको पास, जुङतुरडाँडा, काइ बुङडाँडा, धामबाचेतखर्क, सुग्पाखर्क, हेचामबाखर्क हुँदै गणेश हिमाल बेसक्यम्प पुगिन्छ।
दुवै पदमार्गलाई एकैचोटी दुई हप्तामा पदयात्रा गर्न सकिन्छ भने छुट्टा छुट्टै एक/एक हप्तामा गर्न सकिन्छ।
अर्का अध्ययन टोलीका सदस्य सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले गणेशहिमालको बेसक्याम्प रुटलाई निर्माण तथा पुर्वाधार विकास गर्न सकेमा गणेश हिमाल र पविल हिमाल आरोहण गर्नलाई बाटो खुल्नेछ। यसले विश्वभरका हिमाल आरोही प्रेमीहरु आकर्षित हुने समेत उनले बताइन।
धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोगमा सो क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन गरिएको समितिका अध्यक्ष साने गुरुङले बताएका छन।
९ जनाको अध्ययन टोलीद्वारा वैशाख २ गतेदेखि १२ गतेसम्म गणेश हिमाल बेस क्याम्पसम्मको १२ दिनको अध्ययन भ्रमणको पदयात्रा गरेका थिए।



नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया