ध्रुब बस्याल
                                स्थानीय तहको निर्वाचन नजिकिँए सँगै यतिबेला देश स्थानीय चुनाव केन्द्रीत छ। हरेक टोल–टोलमा चुनावी भेला तथा अभियान निरन्तर भईरहेका छन्। साेहीअनुसार मतदाता आफ्ना पक्षमा पार्न नेता/कार्यकर्ता तल्लिन छन्। निर्वाचन आयाेगले उम्मेदवारकाे अन्तिम नामावली टुङग्याउने तयारीमा छ।
यसै सन्दर्भमा प्युठानकाे स्वर्गद्धारी नगरपालिकाकाे मेयर पदमा गठबन्धनबाट साझा उमेरदवार बनेका नेपाली कांग्रेसका नेता टेकराज भण्डारीसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे कुराकानी प्रस्तुत छ:-
स्वर्गद्धारी नगरपालिकाकाे मेयरमा उमेरदवारी दिएसँगै तपाईंले चुनावी अभियानलाई कसरी अगाडि बढाउनु भएकाे छ ?
यतिबेला म चुनावी अभियना लिएर जनताकाे घरदैलो पुगेकाे छु। गाउँका हरेक टाेल–टाेलमा थुप्रै समस्याहरु छन्। यी सबै समस्याहरु टिपाेर्ट गरेर राखेकाे छु। यसभन्दा पहिलेकाे मेयरसाब ! एमालेबाट निर्वाचित मेयर एमालेमुखी भएर पार्टीको लागि काम गरेको देखिएको छ। म यहाँको मेयर हुँदै गर्दा जनतामुखी बन्नेछु। हिजोको मेयरले गरेको नराम्रो काम, समस्याहरु सुन्न पाएको छु। आफ्नो ठाउँमा, आफ्ना कार्यकर्ताको लागि मात्र काम गरेको सुन्न र देख्न गरेकाे छु। जनताले पनि तपाईंबाट धेरै आशा गरेका छौँ, जिताउने छौँ, हाम्रो समस्या समाधान गठबन्धनले गर्ने छ भन्नु भएकाे छ।राम्राे प्रतिक्रिया पाएकाे छु।
चुनाव जितेपछि तपाईंकाे प्रथामिकता के कुरामा रहन्छ ?
मुख्य गरेर एक नम्बरमा मेरो कुषि क्षेत्रमा रहनेछ। हाम्रो नगरमा रहेका जनताहरुको कस्काे घरमा के खेती हुन्छ ? कुन गाउँमा के फल्छ ? त्यसको बिउ, मल, आवश्यक औजार, बजार व्यवस्थापन तथा सिचाइँकाे व्यवस्था गर्नेछु। हरेक घर–गोठमा जस्तापाता (टिन)को व्यवस्थापन फुसको छानाे पूर्णरुपमा अन्त्य गर्ने, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटनलगायतका सबै समस्याहरुको पूरा गर्ने र हाम्रो समाजमा रहेको सबै प्रकारका समस्या समाधानको लागि काम गर्नेछु।
साँच्चिकै तपाईंकाे नेतृत्वमा स्वर्गद्धारी परिवर्तन हाेला ?
यसमा दुईमत छैन। हाम्रो नगर हामीले बनाउने हो। स्वर्गद्धारीलाई स्वर्ग बनाउँछौ। एमालेजस्तो पार्टी र कार्यकर्तामुखी हामी हुँदैनाैँ। मेरो घोषणा पत्र भनिएअनुसारका कामहरू अवश्य हुनेछन्।
चुनावलाई कत्तिकाे चुनाैतिपूर्ण रूपमा लिनुभएकाे छ ?
जित्नकाे लागि धेरै चुनौतीहरू छन्। जितिहाल्छौँ भनेर ढुक्क हुने स्थिति नै छैन्। हार/जित जनताको हातमा छ। हाम्रो नगरका जनता यतिबेला गठबन्धनलाई जिताउन लागिरहेका छन्। हामी चुनाव जित्नेमा ८० प्रतिशत ढुक्क छाैँ। २०७४ को स्थानीय तहको निर्वाचनमा मैले हार बेहोर्नु परेको थियो। तर, हारे पनि सामाजिक समस्याको कामहरु गरिरहेको छु। जित सुनिश्चित छ।
फरक विचार भएका कम्युनिस्ट पार्टीहरूसँग तपाईंहरूकाे तालमेल भएकाे छ, के कम्युनिस्टहरू तपाईंलाई भाेट हाल्लान् ?
हिजो एमालेबाट निर्वाचित मेयरले गरेको काम जनतामुखी भएन एमालेमुखी भयो। अहिलेको हाम्रो नगरमा राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र हाम्रो नेपाली कांग्रेसको गठबन्धन रहेको छ। यो हाम्रो गठबन्धन कम्युनिस्टसँगकाे हाेइन एमालेविरुद्धको गठबन्धन हो। भष्टाचारदेखि विकासको कुरासम्म समग्र सबैले थाहा पाउने भएकाले यो गठबन्धन आवश्यक रहेको छ। भोट नहाल्ने भन्ने देखिँदैन। हामीलाई भोट अवश्य हाल्नु हुनेछ। ढुक्क छौँ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया