फेसबुक र टिकटककाे समर्थनले मात्रै चुनाव जित्लान् त बालेनले ?

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन आउन अब एकहप्ता मात्रै बाँकी छ। निर्वाचनाकाे संघारमा उम्मेदवारहरूलाई भाेट माग्न भ्याइनभ्याइ छ। यसपटक देशभरबाट विभिन्न पदकाे लागि १ लाख ५० हजार ४ सय ९४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अन्य चुनाव जस्तै देशको राजधानी काठमाडौँकाे चुनावी महाेललाई सबैले विशेष चासाेका साथ लिएका छन। काठमाडाैँ महानागरपालिकाकाे निर्वाचन परिणामले देशकाे राजनीतिक माहाेललाई नै प्रभावित गर्न सक्छ।

सबै राजनीतिक दलकाे प्रतिष्ठासँग जाेडिएकाे यहाँकाे चुनावी मैदानमा दरिला उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने गर्छ। त्यसाे त यहाँकाे चुनावी मैदानमा राजनीतिक दलका उम्मेदवारकाे मात्रै नभएर स्वतन्तत्र उम्मेवारकाे पनि बलियाे दाबी रहने गर्छ। गत निर्वानमा मुख्य दललाई रञ्जु दर्शनाले टक्कर दिएकी थिइन। उनी पराजित भए पनि उनले पाएकाे जनताकाे साथ उल्लेखनीय थियाे। यसपटककाे निर्वाचनमा त्यही लाइनमा   छन्, बालेन शाह।

काठमाडाैँकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शाहकाे चर्चा यति धेरै छ देशका मुख्य राजनीतिक दलका उम्मेदवारकाे पनि त्यति छैन। अझ भन्नु पर्दा ५६ जनाले मेयर पदमा उम्मेदवारी दिएकाे काठमाडाैँमा उम्मेवारका रूपमा चिनिएका भनेकाे उनीसहित २/३ जना मात्रै हाे। धेरै मतदातालाई त यहाँका सबै उम्मेदवारकाे नाम समेत थाहा छैन।

यही भीडमा न कनै राजनीतिक दलका कार्यकर्ताकाे समर्थन, न कुनै प्रभावशाली नेताकाे साथ पाएका बालेन शाहकाे चर्चा अरूकाे भन्दा धेरै छ। अहिले सामाजिक सञ्जालका धेरै जस्ताे ट्रेडिङमा उनकै चर्चा छ। देशका चर्चित सेलिब्रेटीदेखि नयाँ साेच राख्ने युवा पङ्क्तिले शाहकाे खुलेरै समार्थन जनाएका छन। सडकमा हाेस वा टेलिभिजनका स्क्रिनमा हाेस् उनकै चर्चा देख्न सकिन्छ।

सामाजिक सञ्जाल टिकटकमा उनकाे बाेली र गीतमा हाउभाउ दिनकाे लर्काे नै लागेकाे छ। फेसबुकमा पनि उनकै फाेटाेहरूले राम्राे ठाउँ पाएका छन् भने युट्युबमा उनका अन्तर्वार्ता र भिडियाेहरू ट्रेडिङमा छन्। देशकाे मुलधारमा रहेर पत्रकारिता गरेका पत्रकार हुन या व्यवसायिक रूपमा युट्युब च्यानल चलाउनेहरू हुन धेरै अधिकांश पत्रकार उनकाे पछि छन्। यसरी सामाजिक सञ्जालमा उनीप्रति देखिएकाे क्रेज साँच्चिकै लाेभ लाग्दाे छ। यसबाट के थाहा हुन्छ भने  युवा पङ्क्तिले नेतृत्वमा नयाँ अनुहार खाेजेका छन्। याे त भयाे  देशका विभिन्न ठाउँबाट काठमाडाैँमा आएर बसेका मानिसहरूले  सामाजिक सञ्जालमा बालेनलाई गरेकाे प्रेम। तर, चुनाव जित्न सामाजिक सञ्जालकाे चर्चाले मात्रै पुग्दैन, त्यसकाे लागि  काठमाडाैँबासीकाे मन मुटु पुग्न सक्नुपर्छ।

सामाजिक सञ्जालमा पाएको मायाले बालेनले जित्लान त चुनाव ?

बालेन शाहसँगै एमालेका उम्मेवदार केशव स्थापितकाे पनि सामाजिक सञ्जालमा हाईहाई छ। बालेन शाह एक स्वतन्त्र उम्मेदावर हुन, उनको इतिहास पल्टाएर हेर्दा उनी वा उनको कोही परिवारमा पनि राजनीतिमा लागेका छैनन्। त्यसैले पहिलाे पटक नै यति धेरै चर्चित भइसकेका स्थापितलाई बालेनले पराजित गर्न निक्कै कठिन हुने देखिन्छ। राम्रो भिजन र फरक सोच भएका तथा शिक्षित व्यक्ति भएका कारणले गर्दा पनि बालेनकाे चौतर्फी हाईहाई छ। काठमाडौँबासीहरुको लागि यो एउटा सुवर्ण अवसर समेत रहेको छ। एउटा युवा राजनीतिमा आएर आफनो नागरिककाे लागि केही गर्छु भन्ने कुरा एकदमै राम्रो हो।

तर, उनको विपक्षमा उभिएका उम्मेवदारहरु राजनीतिमा एकदमै अनुभवी छन्। कोही मेयर भइसकेका छन भने कोही नेताकै परिवारबाट रहेका छन्। काठमाडौँ भनेको नेवारी समुदाय बस्ने ठाउँ हो, उनीहरुलाई नयाँ युवामाथि विश्वास लाग्न नसक्ने हुन्छ। बुढापकाहरुलाई बालेन को हाे भन्ने थाहा छैन। सामाजिक सञ्जालमा पाएको मायाले उनलfई चुवान जित्न पक्कै सहज हुने छैन। यहाँ अझसम्म पनि राम्रोलाई होइन हाम्रोलाई जिताउ भन्ने कुराे धेरैकाे मस्तिष्कमा छ।

अहिले सामाजिक सञ्जालमै हेरियाे भने हरेक एक व्यक्तिको प्रोफाइलमा 'भोट फर बालेन' भन्नेको फोटो हुन्छ। उनलाई लिएर एमालेका उम्मेवदार स्थापितले पनि धेरै नराम्रा टिप्पाटिप्णी गरिरहेका छन, यसले पनि उनकाे चर्चामा चर्चा थपिएकाे हाे। त्यसैले पनि उनकाे फाेटाेले सामाजिक सञ्जाल भरिएकाे हाे। तर, बालेन जस्तो मानिस स्वतन्त्र उम्मेवदारबाट उठेर अरु पार्टीहरुको खासै चर्चामा परिरहेका छैनन्। हामीमध्ये धेरैले आफ्नो  फेसबुक खोल्दा भोट फर बालेन भन्नेको पोस्टर देखिरहेका हुन्छाैँ। बालेनकाे लागि याे एउटा ठूलाे च्यालेञ्ज हाे।

अरु उम्मेदावरभन्दा उनको चर्चा एकदमै बढी रहेकाे  छ। तर, उनले सामाजिक सञ्जालमा पाएको मायाले मात्रै चुनाव पक्कै पनि जित्ने छैनन्। बालेनले सामाजिक सञ्जालकाे माया र चर्चालाई भाेटमा परिणत गर्न सक्लान कि नसक्लान त्याे भने वैशख ३० गतेकाे स्थानीय चुनावले फैसला गर्न छ।

प्रकाशित मिति: : 2022-05-06 22:00:00

प्रतिकृया दिनुहोस्