
महेश नेपाली
जनयुद्धका कमान्डर विरबहादुर कुँवर तातोपानी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार बनेका छन्। चुनावी प्रचारप्रसार अभियानकाे उत्तरार्धमा आइपुग्दा उनले सबैतिरकाे माहाेल बुझ्दा विजयी हुने दिन नजिकिएकाे बताए।
तातोपानी गाउँपालिकाभित्रका जनताको जीवनस्तर उस्कानको लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, राेजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, शिक्षामा व्यापाक सुधार गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका कारण जनता उत्साहित भएकाे उनकाे मत छ।
'जनताको लागि जे सकिन्छ, त्यही मात्रै काम गर्ने पक्षमा छु,' उनले भने, 'तातोपानी गाउँपालिकामा रहेको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै अर्थतन्त्र बलियो गर्न सकिने मेराे मत हाे।'
तातोपानी जडीबुटीको भण्डार हाे। पशुपालनका निम्ति फराकिलो चरन क्षेत्र पाटन भएकाे गाउँपालिका हाे। यिनै स्राेत साधनकाे सदुपयोग गरी गाउँपालिकाका नागरिकको जीवनस्तर सुधार गर्न सकिने उनकाे भनाई छ।
गिडीदह, हुड्के दह लगायत सुन्दर तालहरुसम्म पर्यटकीय मार्ग बनाउने घाेषणा गरेका उनले तातोपानी धाराकाे प्रचारप्रसार गरी देशभरका मान्छे बाेलाउँदा गाउँपालिकाकाे आम्दानी बढाई विकास गर्न सकिने बताए।
'तातोपानीका जनताले जिताएमा हामी जति पनि काम गर्न सक्छौं,' उनले भने, 'स्पष्ट याेजना र जनताकाे साथले हामी तातोपानीलाई उत्कृष्ट गाउँपालिका बनाउन सक्छौं।'
उनले गाउँपालिकाभित्र स्थापना भएका साना उद्योगमा लगानी गर्दै युवाहरुलाई रोजगारी दिने बतए। उनले भने, 'स्थानीय सरकारले साना उद्योगमा लगानी गर्छ र स्थापना पनि गर्छ। यसबाट रोजगारीको सिर्जना हुनेछ भने युवाहरु कामका लागि बाहिर जानुपर्ने छैन।'
उनका अनुसार कृषि क्षेत्रकाे आधुनिकीकरण गर्दै उत्पादनमा व्यापक वृद्धि गर्न बढीभन्दा बढी कृषि वैज्ञानिक परिचाल हुने वातावरण निर्माण गरिनेछ। किसानहरुका जीवनस्तर उकास्दै सम्मानसाथ जिउने कार्यक्रम ल्याइनेछ। यी सबै गर्न सक्ने विश्वास मानेका कारण जनताले जिताउनेछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया